जुनसुकै पुराना गाडीसँग रिडारा आरडी ६ इलेक्ट्रीक पीकअफ साट्न पाइने

काठमाडौं । जुनसुकै ब्राण्डका पुराना गाडीसँग रिडाराको आर डी ६ इलेक्ट्रीक पीकअप साट्न पाइने भएको छ ।

नेपालका लागि रिडाराको आधिकारिक बिक्रेता सीजी मोटर्सले ल्याएको ‘EVolve to RIDDARA Xchange’ अफरमा यस्तो सुविधा पाइने भएको हो ।

यो अफरमा ग्राहकले जम्मा २० प्रतिशत डाउन पेमेन्टमै रिडारा पीकअप खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले आकर्षक नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, १ वर्षको निःशुल्क बीमा, १ वर्षको सडक कर निःशुल्क र ७ किलोवाट चार्जर पाउने छन् ।

यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

रिडारा पीकअपमा ७३ किलोवाट आवरको ब्याट्री छ । जसले ४२४ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

नेपालको भगोल सुहाउँदो रिडार आर ६ पीकअपमा सेग्मेन्टमै पहिलो स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट गरी ७ वटा ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यू क्यामेरा उपलब्ध छ ।


Back_to_top