काठमाडाैं । मोटरसाइकल उत्पादनमा अलग इतिहास बनाएको पुरानो कम्पनी रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको पेटेन्ट दर्ता गराएको छ ।
मोर्डन रेट्रो मोटरसाइकल उत्पदनमा ख्याति कमाएको कम्पनी रोयल इनिफल्डले २०२६ सम्ममा बजारमा इलेक्ट्रीक मोटरसाइकल ल्याउने योजना अनुसार नयाँ इलेक्ट्रीक मोटरसाइकलको पेटेन्ट दर्ता गराएको हो ।
सन् २०२२ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक प्रोटोटाइप सार्वजनिक गरेको थियो । जुन रोयल इनफिल्डको विरासतसँग मेल खाँदै इलेक्ट्रीक प्लेटफर्ममा नयाँ टेक्नोलोजीका साथ आएको थियो ।
कम्पनीले दर्ता गराएको पेटेन्ट इमेजका आधारमा इलेक्ट्रीक मोटरसाइकलले रोयल इनफिल्डको क्लासीक डिजाइनलाई निरन्तरता दिएको छ । हेर्दा उस्तै देखिने इलेक्ट्रीक मोटरसाइकलमा केही कम्पोनेन्टहरु आइसीइ मोटरसाइकलबाट लिएको देखिन्छ ।
रोयल इनफिल्डले यसमा अलोय ह्वील दिने देखिन्छ । नौलो सस्पेन्सन सेटअप पनि देखिएको छ । यसलाई गर्डर फर्क भनिन्छ, यसमा मेटल आर्महरुको प्रयोग गरिएको हुन्छ । यसमा प्रयोग भएको स्प्रीङले अफरोडमा समेत उत्कृष्ट पर्फमेन्स दिन्छ ।
रोयल इनफिल्ड इलेक्ट्रीकमा सामान्यतया एलइडी लाइट, सिंगलपड इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, अफराइट ह्यान्डलबारका साथै राउन्ड हेडल्याम्प हुनेछ । यसको ट्याङ भित्र ब्याट्री राखिनेछ । कम्पनीले अहिलेसम्म यसमा रहने मोटर र ब्याट्री पावरको बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन ।