ब्याज नलाग्ने स्कीममा सेगवेका इलेक्ट्रीक स्कुटर

काठमाडौं । सेगवेका इलेक्ट्रीक स्कुटरमा फाइनान्स अफर आएको छ । कम्पनीले सेगवेका इलेक्ट्रीक स्कुटहरु शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने स्कीम ल्याएको हो ।

सेगवे नाइनवटको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी आई हव प्रालिले एक्सचेन्ज सहितको विना ब्याजमा स्कुटर किन्न सकिने अफर ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले ब्याज नलाग्ने स्कीममा सेगवेका इलेक्ट्रीक स्कुटरहरु किन्न सक्नेछन् । ग्राहकको क्रेडिट कार्डको लिमिट अनुसार डाउन पेमेन्ट गरेर ब्याज नलाग्ने स्कीममा स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकले यो योजनामा १८ महिनादेखि २४ महिनाको किस्ता अवधिमा सबै मूल्य चुक्ता गर्नु पर्ने हुन्छ ।

यो अफरमा सेगवेका कुनैपनि इलेक्ट्रीक स्कुटरको खरिद गर्न सकिने छ ।

कम्पनीको यो स्कीममा एनआइसी एसिया बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुलाई मात्र उपलब्ध गराउने जनाएको छ । आइ हव प्रालिले नेपाली बजारमा सेगवेका ४ मोडलका स्कुटर विक्री वितरण गर्दै आएको छ भने बिक्रीपछिको सेवा तथा पार्टस् उपलब्ध गराउँदै आएको छ ।

सेगवे सेल्फ ब्यालेन्सिङ दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । कम्पनीका उत्पादनहरू अमेरिकी, यूरोपियनका साथै ८० भन्दा धेरै देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।

सन् २०२२ मा सेगवे नाइनवट नेपाली बजारमा भित्रिएको हो । यसलाई ‘बिजुली दाइ’का रूपमा परितिच लोकेश वलीले नेपाल ल्याएका हुन् ।


Back_to_top