ल्याण्ड क्रुजर प्राडोले टिप्परलाई हानेपछि…

काठमाडौं । नुवाकोटको छहरेमा टोयोटा ल्याण्डक्रुजर प्राडो र टिप्पर जुधेर दुर्घटना भएको छ । काठमाडौंबाट नुवाकोट जाँदै गरेको दुई सवारी एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

एकै दिशामा गइरहेका दुई गाडी ठोकिएका हुन् । टोयोटा प्राडाेले टिप्परलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

‘ओरालोमा गइरहेको प्राडोले पछाडिबाट ट्रिपरलाई ठक्कर दिएको हो । प्राडोको ठक्करले टिप्पर सडकबाट तल खसेको छ, प्राडो भने नालीमा खसेको छ । घटना सामान्य र गाडीमा राम्रै क्षती भएपनि मानविय क्षति भने नभएको छहरे प्रहरीका सहायक उपनिरिक्षक ‘असई’ राम घिसिङले जानकारी दिए ।

उक्त घटनामा ल्याण्ड क्रुजर प्राडोको अगाडिको भागमा क्षेती भएको छ । मानविय क्षती नभएकाले दुबै साधन निकाल्ने काम अगाडि बढेको छ । दुर्घटनाको कारण बारे एकिन बिबरण बाहिर आएको छैन ।


Back_to_top