काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटर विक्री गर्ने लिडिङ कम्पनी सेगवेले तत्काल पैसा नभएका ग्राहकहरुका लागि स्कुटर किन्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकले क्रेडिट कार्डमार्फत इलेक्ट्रीक स्कुटर किन्न सक्नेछन् ।
सेगवे नाइनवट इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी आइहवले ल्याएको इएमआई स्कीमका लागि ग्राहकसँग हिमालयन बैंकको क्रेडिट कार्ड अनिवार्य रहेको छ ।
यो स्कीममा ग्राहकले सेगवेको कुनैपनि इलेक्ट्रीक स्कुटर खरिद गर्न सक्नेछन् ।
ग्राहकसँग भएको हिमालयन बैंकको क्रेडिट कार्डको लिमिटको साढे दुई गुणासम्मको लिमिटमा ग्राहकले सेगवे इलेक्ट्रीक स्कुटर खरिद गर्न सक्नेछन् ।
त्योभन्दा धेरै हुन आउने मूल्य भने ग्राहकले डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।
कम्पनीले ल्याएको यो स्कीममा सेगवे इ १०० लिन चाहने ग्राहकको आय मासिक ५० हजार रुपैयाँ निर्धारण गर्ने हो भने हिमालयन बैंकमा ७५ हजार लिमिटको क्रेडिट कार्ड लिन सकिन्छ ।
७५ हजार रुपैयाँ लिमिट भएको क्रेडिट कार्डबाट सेवगे स्कुटरको लागि १ लाख ८७ हजार ५०० रुपैयाँको क्रेडिट लिन सकिन्छ । सेगवे इ १०० को मूल्य २ लाख ९१ हजार रुपैयाँ रहेको छ भने, ग्राहकले १ लाख ३ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट बुझाएर स्कुटर लिन सक्नेछन् ।
ग्राहकले लिएको क्रेडिटमा ६.९९ प्रतिशत मात्र ब्याज लाग्ने कम्पनीले जनाएको छ । यसरी १ लाख ८७ हजार ५०० रुपैयाँलाई २४ महिनाको मासिक किस्तामा ग्राहकले ब्याज सहित मासिक ८ हजार ३५८ रुपैयाँ हाराहारी बुझाएर सेगवे इ १०० खरिद गर्न सकिन्छ ।


