सेरेसले बनायो ‘सुपर फ्याक्ट्री’, ३ हजार रोवर्टले काम गर्दै

काठमाडौं । चिनियाँ उदयमान अटोमोवाइल ब्रान्ड शेरेसको ‘स्टेअ अफ आर्टस सुपर फ्याक्ट्री’ तयार भएको छ । चीनको चोङकिङ सहरमा स्थापना भएको उक्त प्लान्टबाट ‘आइतो एम-९’ मोडल उत्पादन सुरू भएको हो ।

अन्तर्राष्ट्रिय अटोमोवाइल कम्पनीहरुले निर्धारण गरेको नयाँ मापदण्डमा आधारित सुपर फ्याक्ट्री इण्ड्रष्टियल इन्टरनेट प्रयोग गरिएको छ । यसका साथै इफिसीयन्सी, इन्टेलीजेन्स, सोफिस्टीकेटेड र ग्रिनर गरी चार मुख्य फिचर सुपर फ्याक्ट्रीमा पाउन सकिन्छ ।

सेरेसको नयाँ फ्याक्ट्री २ हजार ७०० एकरमा फैलिएको छ । त्यो भनेको करिब २०० वटा फुलबल ग्राउण्ड जति ठूलो हो । कम्पनीले बनाएको उक्त प्लान्टले वार्षिक ७ लाख यूनिट कार उत्पादन गर्न सक्छ ।

कम्पनीले आफ्नो प्लान्टमा १००० इन्टेलीजेन्ट डिभाइसहरु प्रयोग गरेको छ । साथै, ३ हजार वटा रोबोर्टहरुले सामूहिक रुपमा काम गर्छन् । नयाँ सुपर फ्याक्ट्रीमा क्रिटीकल कार्यहरु पूर्णतथा अटोमेसनमा हुन्छ । शेरेसको फ्याक्ट्रीमा विश्वको उत्कृष्ट ९ हजार टनको डाइ कास्टीङ मेसीन प्रयोग भएको छ ।

नयाँ प्लान्टमा उत्पादन भएको पहिलो मोडल आइतो एम-९ हाइएन्ड इलेक्ट्रीक एसयूभी हो । यो एसयूभी शेरेस र ह्वावेले संयुक्त रुपमा डिजाइन गरेका हुन् । गत डिसेम्बरमा लन्च भएको आइतो एम-९ मोडल ४० हजारभन्दा बढि बुकिङ रहेको बताइन्छ ।


Back_to_top