फक्सवागेन र स्कोडाले भारतमा इलेक्ट्रीक कार बनाउने

काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेन ग्रुप अन्तर्गतको स्कोडा र फक्सवागेन ब्राण्डले भारतमा विद्युतीय कार उत्पादन गर्ने भएको छ । स्कोडा ग्लोवलका सीइओ थोमस सेफरले स्कोडाले बनाउने नयाँ इभी भारतमा पनि उपलब्ध हुने बताएसँगै भारतमा फक्सवागेन ग्रुपले विद्युतीय कार बनाउने पक्का भएको हो ।

भारतमा कम मूल्यका गाडीको बजार ठूलो रहेकाले यी दुबै ब्राण्डले सुरुमा ल्याउने इभी कम मूल्यको हुनेछ । साथै, यी कार फक्सवागेन आइडी लाइफ कन्सेप्टमा आधारित रहने बताइएको छ ।

यूरोपियन उत्पादकले यो कारलाई ‘एमइबी’ प्लेटफर्ममा उत्पादन गर्नेछ । कम्पनीले भारतमा उत्पादन गर्ने कार विशेषत ह्याचव्याक, क्रसओभर र साना एसयूभी हुने छन् ।

भारतमा सन् २०२५ सम्ममा फक्सवागेन र स्कोडा दुबै ब्राण्डमा यी साना विद्युतीय कार उत्पादन हुनेछन् । यसले बढ्दो विद्युतीय कारको बजार मागलाई सम्बोन गर्न सफल हुने सीइओ थोमर सेफरले विश्वास लिएका छन् ।

भारतीय बजारमा फक्सवागेन र स्कोडाले उत्पादन गर्ने सबै गाडी नेपाल आउन थालेकाले भोलिका दिनमा उत्पादन हुने विद्युतीय कार पनि नेपाल आउने छन् ।


Back_to_top