महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्न सानो साइजको जीप र्‍याङलर आउने

काठमाडौं । जीपको अफरोड भेहिकल र्‍याङलरलाई सानो साइजमा पनि ल्याउने तयारी भइरहेको जनाइएको छ । भारतमा महिन्द्रा थारले पाएको सफलतालाई देखेर जीपले र्याङलर पनि मिनी साइजमा ल्याउने भएको हो ।

नयाँ मिनी एसयूभीमा जीपले र्‍याङलरबाट धेरै डिजाइन एलिमेन्ट्स लिने जनाएको छ । साइज कम भएपनि मिनी र्याङलरको अफरोड क्षमता भने उत्कृष्ट रहनेछ ।

जीपले महिन्द्रा थार जस्तै नयाँ एसयूभी पनि ‘बडी अन फ्रेम च्यासीस’मा आधारित रहेर बनाउने छ । कम्पनीले यसलाई डिजेल र पेट्रोल दुबै इन्जिन अप्सनमा ल्याउने तयारी गरेको हो । नयाँ एसयूभीमा ‘लकिङ डिफ्रेन्सीयल’ सहितको फोर ह्वील ड्राइभ प्रविधि रहनेछ । जसले यसको अफरोडिङ क्षमता बढाउने छ ।

जीपले ल्याउने मिनी र्‍याङलर अफरोड एसयूभी भएपनि यसको क्यावीन निकै आरामदायी हुनेछ । यसका साथै, ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायर लेस चार्जिङ, मेमोरी फङ्सन सहितको पावर एड्जस्टेबल सीट यसमा दिनेछ ।

कम्पनीले ड्यूल प्यानल प्यानारोमिक सनरुफ, डिउल जोन अटोमेटिक एसी, इन्जिन स्टार्ट/स्टप सिस्टम दिनेछ ।

सुरक्षाका लागि फ्रन्ट र साइड कर्टेन एयरव्याग, इलेक्ट्रोनीक पार्किङ ब्रेक, टायर प्रेशर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेबीलीटी कन्ट्रोल, ३६० डिग्री क्यामरा पाउन सकिन्छ ।

जीपको मिनी र्‍याङलर कम्पासभन्दा सस्तो मूल्यमा आउने छ । जीपले यसलाई भारतमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नेछ ।


Back_to_top