पुरानै मूल्यमा कियाको सोल इभी, यस्तो छ मूल्य

काठमाडौं । किया मोटर्सको नेपालको लागि आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले किया सोल इलेक्ट्रीक कारको स्टक क्लेयरेन्स गर्ने जानकारी दिएको छ ।

कियाले सोल इभीलाई पुरानै मूल्यमा बिक्री गर्ने जानकारी दिदै केही यूनिट सोल स्टकमा रहेकाले बिक्री गर्ने जनाएको हो ।

‘हामीसँग केही यूनिट इलेक्ट्रीक सोल स्टकमा रहेको थियो । अब करपनि बढ्यो, यसको स्टक सक्ने तयारी गरेका छौं’, कम्पनीका डेपुटी जनरल मेनेजर अनिस लामिछानेले मेरोअटोसँग भने ।

लामिछानेका अनुसार किया सोललाई पुरानै मूल्यमा बिक्री गर्न लागेको हो । किया सोल इभीको सनरुफ सहितको सोलको मूल्य ५८ लाख रुपैयाँ थियो भने सनरुफ नभएको भेरियन्टको मूल्य ५६ लाख रुपैयाँ रहेको छ । सरकारले इलेक्ट्रीक कारमा भन्सार, अन्तःशुल्क र सडक निर्माण शुल्कमा वृद्धि गरेकाले यी कारको मूल्य अब नयाँ आउँदा बढ्ने छ ।

यस्तो छ सोल इभी

कोरियाली अटो कम्पनी कियाको विद्युतीय कार ‘सोल इभी’मा उच्च प्रविधि जडान भएको छ । सोल इभीको ब्याट्री शक्तिशाली रहेको र एक पटक फुल चार्जमा २१२ किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।

कारमा लिथियम आयान पोलिमर ब्याट्री छ, यसमा ९० किलोवाटको मोटर प्रयोग भएको छ । यसको व्याट्री चार्ज गर्न चार्जिङ स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट लाग्ने छ । सामान्य चार्जबाट फुल चार्ज गर्न १५ घण्टा लाग्ने कम्पनीले जनाएको छ ।

यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ । यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग लगायतका आधुनिक फिचरहरु समावेस छन् ।


Back_to_top