काठमाडौं । अहिले नेपाली बजारमा बीएस ६ इन्जिनको चर्चा छ । बीएस ६ मोटरसाइकलमा हुनुपर्ने विशेष मध्ये एक कम्लायन्ट एफआई टेक्नोलोजी हो ।
यामाहाले नेपालमा लामो समयदेखि एफआई इन्जिन भएका मोटरसाइकलहरू बिक्री गर्दै आएको छ । यामाहाका मोटरसाइकल रिलायबल, टिकाउ, कम खर्चालु भएकै कारण धेरैले मन पराएका हुन् ।
एमएडब्लू ग्रुपले निकै पहिले २००८ मा लन्च गरेको यामाहा एफजेड सिरिज अहिले पनि निकै राम्रो संख्यामा बिक्री भइरहेको छ । कम्पनीले नेपालमा भित्र्याएको मोडल लगभग १५ वर्षभन्दा धेरै समयसम्म पनि उत्तिकै बिक्री हुनुमा यो मोटरसाइकल निकै सबल भएर नै हो ।
आज हामीले नेपाली बजारमा निकै सफल यामाहा एफजेड सिरिजको किन यति धेरै सफल छ भन्ने बारेमा चर्चा गरेको छौं ।
एफआई सिस्टम
नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा एफआई सिस्टमले यामाहा एफजेडलाई सफल हुन निकै मद्दत गर्यो । हामी यहाँ एफआई सिस्टम के हो भन्ने बारेमा कुरा गर्दैनौं । एफआई सिस्टमको बारेमा बुझ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ ।

एफजेड मोटरसाइकल नेपालमा पहिलो पटक सार्वजनिक हुँदा नै कम्पनीले एभरेष्ट बेसक्याम्प सम्मको राइड गरेर निकै चर्चा पाएको थियो । एफआईले गर्दा यो मोटरसाइकल कुनै पनि भूगोलमा चलाउन समस्या भएन र यो मोटरसाइकल सबैले रुचाएको पाइन्छ ।
समयसँगै अपग्रेड
नेपालमा यामाहा मोटरसाइकल बिक्री गर्ने कम्पनी एमएडब्लू अटोमोबाइलमा निकै पुरानो घराना हो । एमएडब्लूले भारतमा अपग्रेड हुने बित्तिकै यसको अपग्रेडेड मोडल नेपालमा उपलब्ध गराउँदै गयो ।
अपग्रेडसँगै यसको डिजाइन ग्राफिक्स र यसको पर्फमेन्समा सुधार हुँदै गयो । अहिले नेपालमा एफजेड भी टू र भी ३ मोडल उपलब्ध छ । यी दुवै मोडल १५० सीसी सेग्मेन्टमा धेरै बिक्री हुने मोडल हुन् ।
माइलेज
यामाहालाई ग्लोबल बजारमा रेसिङ र सुपरबाइकका लागि चिनिन्छ भने नेपालमा भने यामाहा जहिले पनि माइलेज धेरै दिने ब्रान्ड भनेर चिनिन्छ । एफजेड एफआईमा आधारित मोटरसाइकल भएको कारण १५० सीसीका अन्य मोटरसाइकलको तुलनामा एफजेडको माइलेज निकै राम्रो छ ।

कम खर्चालु
यामाहाका साना मोटरसाइकल कम खर्चमा संचालन गर्न सकिन्छ । माथि उल्लेख गरेजस्तै माइलेज धेरै दिने मात्र होइन मर्मत खर्च पनि कम आउने भएको कारण यामाहाका बजेट मोटरसाइकलहरु धेरै रुचाइन्छ । एफजेड भी ३ मै पनि एकाध पार्टस बाहेक अन्य सबै पार्टस सहज मूल्यमै पाइन्छ ।
नेटवर्क
यामाहाको नेटर्वक नेपालमा निकै ठूलो छ । यामाहाको टच पोइन्ट नेपालभर ३ हजारभन्दा धेरै रहेको छ । यसले नेपालको कुनै पनि स्थानमा मोटरसाइकलमा समस्या हुँदा सर्भिस पाउन समस्या हुँदैन । यसले ग्राहकलाई मोटरसाइकल किन्न आत्मविश्वास प्रदान गर्छ ।
यति हुँदा हुँदै पनि यो यामाहा एफजेडमा केही पनि खराबी छैन भन्ने होइन । यामाहा एफजेडले यसको प्रतिस्पर्धीको तुलानामा केही कम पावर दिन्छ । एफजेडएस भी ३ को पार्टस प्रतिस्पर्धी भन्दा महँगो छ भन्ने ग्राहकले गुनासो गर्ने गरेको पाइन्छ ।


