काठमाडौं । सुजुकी मोटरसाइकलले दशैं योजना सार्वजनिक गरेको छ । जापनी मोटरसाइकल कम्पनी सुजुकीको नेपालको लागि आधिकारिक विक्रेता भीजी सुजुकीले ‘दशैं आयो उमंग छायो, क्यासव्याक र बम्पर पायो’ योजना सार्वजनिक गरेको हो ।
कम्पनीले दशैं योजनामा नगद छुटका साथै बिभिन्न स्कीम ल्याएको छ । ग्राहकले हरेका सुजुकी मोटरसाइकल तथा स्कुटरका खरिदमा नगद १० हजार रुपैयाँ छुट दिने स्कीम ल्याएको हो । यसका साथै कम्पनीले १ बर्षको रोड ट्याक्स निशुल्क दिने जनाएको छ ।
यो योजनामा सहभागि ग्राहक मध्य एकजना भाग्यशालि ग्राहकले सुजुकी इन्ट्रुडर मोटरसाइकल जित्न सक्नेछन् ।
यो योजना देशभर रहेको सुजुकीको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले एक्सचेन्ज सुबिधा तथा फाइनान्सको सुबिधासमेत सबै शोरुममा उपलब्ध रहेको बताएको छ ।

