सुजुकी जिक्सर १५० आर र न्यू २५० आर ल्याउँदै

सुजुकी मोटरसाइकलले आगामी अगस्टमा जिक्सर एसएफ १५० आर र जिक्सर २५० आर सार्वजनिक गर्ने भएको छ । हालैमात्रै जिक्सर एसएफ २५० र जिक्सर एसएफ १५० सार्वजनिक गरेको कम्पनीले थप दुई मोटरसाइकल बजारमा ल्याउने भएको हो ।

नेकेड भर्सनमा निर्माण भएका यी दुई मोटरसाइकल जिक्सर एसएफ २५० र जिक्सर एसएफ १५० संग मिल्दोजुल्दो भएको कम्पनीले जनाएको छ ।

यी मोटरसाइकलमा फुल एलइडी हेडल्याम्प डिजाइनसंगै फ्रन्ट र रियरमा सार्प लुक दिइएको छ । यसमा आकर्षक फ्युल ट्यांकसंगै ह्यान्डलबार, फ्रन्ट पोजिसन फुटपेज दिइएको छ । यसले मोटरसाइकललाई थप आकर्षक र स्पोर्टी बनाएको कम्पनीले जनाएको छ ।

सुुजुकी जिक्सर १५० आरमा १५५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड फ्युल इन्जेक्टेड इन्जिन रहेको कम्पनीले जनाएको छ । यसमा पाँच स्पीड गियरबक्स दिइएको छ । यो इन्जिनले १४.५ बीएचपी पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ । यस्तै जिक्सर २५० आरमा २४९ सीसी एयर कुल्ड फोर भल्भ फ्युल इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ । जसले २६ बीएचपी पावरका साथै २२.९ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

यस्तै मोटरसाइकलमा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, क्लिप अन ह्यान्डलबार, स्लिट सिट दिइएको कम्पनीले जनाएको छ । यसले केटीएम ड्युक २२० र यामाहा एफजेड २५० संग प्रतिस्पर्धा गर्नेछ भने, १५० आरले यामाहा एफेजेडएस एफआई, टीभीएस अपाचे आरटीआर १६० फोर भी, होन्डा सीबी हर्नेट १६० आर, बजाज पल्सर एनएस १६० संग प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top