काठमाडौं । निजी क्षेत्रको १० खर्ब लगानी जोखिमा पार्ने उद्देश्यले वर्तमान सरकारले यातायात क्षेत्रमा हस्तक्षेप गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । त्यसैको विरोधमा उत्रेका उनीहरुले आन्दोलनबारे जानकारी गराउँन आयोजना गरेको पत्रकार सम्मेलनमा सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सवै ढुवानी सेवासमेत ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियमा ढुवानी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल पेट्रेलियम डिलर राष्ट्रिय एसोसिएसन नेपालसहित पाँच वटा महासंघले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।
व्यवसायीलाई दोहोरो तेहोरो कर लगाएको तर पनि यातायात क्षेत्रले कर नतिरेको आरोपको खन्डनगर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्दनाथ कर्मचार्यले त्यतिकै सिन्डिकेट भनेर हुन्छ ? यसमा हामी सरकारलाई घुडा टेकाएरै छाड्छौं भनेर दाबी समेत गरे ।
सरकार विरुद्ध आजैबाट आन्दोलन सुरु भएको समेत महासंघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।