इलेक्ट्रीक स्कुटरमा ५० हजारसम्म छुट, एक्सचेन्जमा १५ हजार थप मूल्याङ्कन

काठमाडौं । टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक योम माई मोटर्स प्रालिले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ ।

कम्पनीले टेल्जीका स्कुटरमा नगद छुट तथा एक्सचेन्ज अफर ल्याएको हो । कम्पनीले सार्वजनिक गरेको स्कीम आनुसार ग्राहकले १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।

त्यसैगरि ग्राहकले कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीका नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्जगर्दा बजार मूल्यभन्दा १५ हजार थप मूल्याङकन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै हरेक स्कुटरको खरिदमा १० हजार बराबरको एशोसरिज निःशुल्क प्रदान गर्ने समेत जनाएको छ । यसरी निःशुल्क पाउने एशोसरिजमा ५ हजार वरावरको ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट रहेका छन् । यो योजना बैशाख १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा टेल्जीका तीन मोडलका स्कुटर र जिनियस ब्रान्डका दुई मोटरसाइकल विक्री भइरहेका छन् ।

टेल्जीका स्कुटरहरुमा की-लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

टेल्जी ब्रान्डको स्कुटर ७७ देशमा विक्री भइरहेको छ भने, यो चिनियाँ प्रमुख ३ ठूला उत्पादक कम्पनीहरु मध्येको एक रहेको छ । त्यस्तै टेल्जी ब्रान्ड संयुक्त राष्ट्रसंघको इन्भाइरोमेन्ट इ-मोविलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनर समेत रहेको छ ।


Back_to_top