काठमाडौं । फक्सवागनको कम्प्याक्ट एसयूभी टाइगुनको इन्टेरियर बाहिर आएको छ । कम्पनीले केहि दिनअघि ग्लोवल प्रिमियर गरेको टाइगुनको इन्टेरियर फिचर बाहिर आएको हाे ।
कम्पनीले कन्सेप्टमा देखाए जस्तै इन्टेरियर प्रोडक्सन मोडलमा पनि दिएको देखियो । यसको ड्यासबोर्ड निकै स्पोर्टी र सफा देखिएको छ । ड्यासबोर्डको बीचमा १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसले एन्ड्रोइट अटो र एप्पल कार प्ले सपोर्ट गर्ने छ । माई फक्सवागन कन्सेप्ट एप फिचर यसमा पाउन सकिन्छ ।
यसमा अर्को महत्वपूर्ण फिचरको रुपमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसबी टाइप सि पोर्ट, वायरलेस चार्जिङ प्याड लगायतका फिचर दिइएको छ ।
ड्यूल टोन कलरमा सजिएको क्याविन निकै आकर्षक हुने छ । दुई इन्जिन अप्सनमा आउने टाइगुनमा १.० लिटर टिएसआई टर्बो र १.५ लिटर पेट्रोल इन्जिनमा आउने छ । यसमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिसिटी गियरबक्समा आउने छ ।


