रमाइलोसँगै टाटाको ईभीमा ६ प्रकारका छुट पाउने आज अन्तिम दिन

काठमाडौं । सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स फन कार्निभल ३.०’ आयोजना गरिरहेको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट सुरु गरेको फन कार्निभल आज आइतबार सकिन लागेको हो ।

कम्पनीले आयोजना गरेको कार्निभलमा निकै राम्रो ग्राहकको उपस्थिति रहेको सिप्रदी ट्रेडिङले जनाएको छ । कम्पनी स्रोत अनुसार बुकिङ गर्ने र टाटाको विद्युतीय कार खोज्ने धेरै मानिस कार्निभल अबलोकन गर्न आएका छन् ।

विगतका वर्षहरुमा आयोजना भएका फन कार्निभलभन्दा फरक बनाउन कम्पनीले यसपटक सहभागिहरु मध्ये एक जनालाई बम्पर पुरस्कार इलेक्ट्रीक स्कुटर दिने भएको छ ।

काठमाडौं उपत्यकामा रहेको थापाथली, महाराजगंज र वालकुमारी शोरुममा उक्त कार्निभल आयोजना भइरहेको छ । साथै, उपत्यका बाहिर इटहरी र धनगढी शोरुममा पनि चलिरहेको छ ।

यो कार्निभलको मुल उद्देश्य गाडी किन्ने ग्राहकलाई एक्सचेन्ज, इन्टरटेन्टमेन्ट, गेम र फनको अनुभूति गर्दै गाडी किन्ने नौलो एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ ।

यो स्कीममा टाटाको कार किन्ने ग्राहकले ६ अफर पाउने छन् । जसमा एक्सचेन्ज बोनस, निःशुल्क फास्ट चार्जिङ सुविधा, सरप्राइज गिफ्ट, एक वर्षको सवारी कर, एक वर्षको पूर्ण बीमा र गाडीलाई चाहिने एशोसरीज दिने कम्पनीले जनाएको छ ।


Back_to_top