नयाँ क्रेटालाई अब्बल बनाउने ५ फिचर, १० दिनपछि बिक्री सुरु हुने

काठमाडौं । सन् २०२० देखि २०२३ सम्म बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा एकछत्र राज गरेको हुन्डाई क्रेटाको फेसलिफ्ट मोडल जनवरी १६ तारिखमा सार्वजनिक हुँदैछ ।

हुन्डाईको सर्वाधिक सफल मोडल क्रेटाको इन्टेरियर र एक्सटेरियरमा ब्यापक परिमार्जन भएर आउन लागेको हो । कम्पनीले यसमा सुरक्षादेखि मनोरन्जन फिचर परिमार्जन गरेको छ ।

कम्पनीले शाहरुख खान र दीपीका पादुकोणलाई ब्राण्ड एम्बेष्डर बनाए र प्रमोशन सुरु गरेको क्रेटामा नयाँ डिजाइनको भर्टिकल एलइडी हेडलाइट, नयाँ एल सेपको कनेक्टेड डीआरएल, कनेक्टेड टेल लाइट, क्रोम इन्सर्ट भएको ग्रिल डिजाइन र १८ इन्चको ह्वील दिएको छ ।

यसको क्यावीन र विण्डअपमा ठूलो परिवर्तन गरिएको छ । नयाँ क्रेटामा थपिएका ५ मुख्य फिचरका बारेमा यहाँ चर्चा गरेका छौं ।

स्मार्टसेन्स लेभल २ एडास फिचर

कार सुरक्षाको विषयमा भारतमा खुबै चर्चा हुन थालेको छ । यस्तोमा आफ्नो कार सुरक्षामा अब्बल छन् भन्ने पुस्टी गर्न नयाँ क्रेटामा १९ प्रकारका स्मार्टसेन्स सेफ्टी फिचर दिएको छ ।

कम्पनीले दिएको फिचरमा ३६० डिग्री क्यामरा सहितको लेवल २ को एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) दिएको हो । क्रेटाको टप भेरियन्टमा ७० भन्दा धेरै सेफ्टी फिचर छन् ।

नयाँ क्रेटामा स्ट्याण्डर्ड फिचरको रुपमा ६ वटा एयरव्याग, अलह्वील डिसब्रेक, इलेक्ट्रोनीक स्टेबिलीटी कन्ट्रोल जस्ता फिचर थप भएर आउन लागेको हो ।

क्रयास प्रुफ स्ट्रक्चर

नयाँ क्रेटा भारतमै सुरु भएको क्रयास टेस्टमा उत्कुष्ट नतिजा ल्याउने स्ट्रक्चरमा बनेको छ । यसको बडी स्ट्रक्चरमा रहेको एड्भान्स हाइस्ट्रेन्थ स्टीलले गाडीमा यात्रा गर्नेहरुका लागि ‘प्रोटेक्टेभ’ सेलको जस्तो काम गर्नेछ ।

यसमा क्रयास मेम्बर, स्लोर, साइड सिल, क्रयास प्याड जस्ता मुख्य भागको बनोटलाई रिजिड र इनर्जी एब्जर्सन बढाउन प्रबलीकरण गरिएको कम्पनीको भनाइ छ ।

सुपेरियर टेक्नोलोजीको प्रयोग

नयाँ हुन्डाई क्रेटा उत्कुष्ट प्रविधिको प्रतिकको रुपमा रहनेछ । यो उन्नत सुरक्षा फिचर, कम्फर्टको लागि पनि उत्कृष्ट र कनेक्टीभीटी फिचरले भरिपूर्ण छ । हुन्डाईको कटिङ एज टेक्नोलोजी र ७० भन्दा बढि कनेक्टीभीटी फिचरले यसको ड्राइभीङ एक्सपीरियन्सलाई अब्बल बनाउने छ ।

यसको ड्यासबोर्डमा पनि ब्यापक परिमार्जन पाउन सकिन्छ । नयाँ डिजाइनको १०.२५ इन्चको इन्ट्री ग्रेटेड इन्फोटेन्मेन्ट सिस्टम यसमा छ । हुन्डाई ब्लुलिङ्क कनेक्टीभीटी, ८ वटा स्पीकरसहितको बोसको प्रिमियम म्यूजीक सिस्टम, मल्टिल्याङ्वेज युजर इन्टरफेस डिस्प्ले पाउन सकिन्छ ।

नयाँ अनुभव गराउने डिजिटल क्लस्टर

हुन्डाईले क्रेटामा एड्भान्स १०.२५ इन्चको मल्टीडिस्प्ले डिजिटल क्लस्टर दिएको छ । यसको प्रयोगले चालकलाई आधुनिक कारको अनुभव गराउने छ । उक्त स्कृनमा ड्राइभिङ असिस्ट, एडास अलर्ट, टायर प्रेसर मोनिटरिङ, ब्लाइन्ड भ्यू मोनिटर जस्ता सूचना हेर्न सकिन्छ ।

आरामदायी फिचर

नयाँ हुन्डाई क्रेटामा भेन्टीलेटेड सिट, ८वे पावर ड्राइभर सिट, प्यानारोमीक सनरुफ, डिउल जोन अटोमेटिक क्लाइमेट कन्टोल जस्ता आधुनिक फिचर छन् । यसको प्रयोगले आरामदायी यात्रामा केही कसर बाँकी राख्ने छैन ।


Back_to_top