टाटाको म्याक्सचेञ्ज मेला सुरू, जुनसुकै पुराना गाडीसँग नेक्सन म्याक्स साट्न सकिने

काठमाडौं । टाटा मोटर्सको म्याक्सचेञ्ज मेला आजदेखि सुरू भएको छ । वैशाख १६ गतेसम्म संचालन हुने उक्त मेला नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आयोजना गरेको हो ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुची तथा चाहनाहरूलाई मध्येनजर गर्दै मेला आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।

साथै, म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन ।

यस मेलामा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्नेछन् ।


Back_to_top