७ वर्षमा बनेन ११ किलोमिटर सडक, बिहानैदेखि स्थानीयले गरे बन्द

काठमाडौं । चाबहिल-साँखु सडकखण्डको थलीमा स्थानीय बासिन्दाले सडक बन्द गरेका छन् । विक्रम सम्बत २०७२ सालदेखि निर्माण सुरु भएको चावहिलदेखि साँखुसम्मको धेरै स्थानमा बटो निर्माण अहिले पनि अलपत्र रहेका कारण स्थानीय वासिन्दा आन्दोलमा उत्रेका हुन् ।

बिरुवा कन्ट्रक्सनले ठेक्का पाएको थली बजार एरियामा अहिले धुलोले बस्नै नसक्ने अवस्था आएको स्थानीय ब्यवसायीको भनाई छ ।

‘बिहानैदेखि बेलुकासम्म धुलोको कारण पसल खोल्नै नसक्ने अवस्था भएको छ । घरको झ्याल नखोलेको त महिनौ भयो । यसरी कति दिन बस्न सकिन्छ भने आन्दोलमा उत्रेका हौं’, स्थानिय व्यापारी राजकुमार श्रेष्ठले भने ।

विगत ७ वर्षदेखि विस्तारमा रहेको ११ किलोमिटर सडक निर्माण पुरा नहुनुमा स्थानिय वासिन्दा पनि दोषी रहेको निर्माण कम्पनीले बताउँदै आएको छ ।

अहिलेसम्म पनि केही ब्यक्तिले घर टहरा नहटाएको र केहीले हटाएपनि मुआब्जा नपाएको भन्दै सडक निर्माणमा सहयोग नगरेको ठेकेदार कम्पनीको भनाई छ ।


Back_to_top