दुई मोटर र ब्याट्री अप्सनमा टियागो ईभी, ५ भेरियन्टको मूल्यसहित

tiago emi

काठमाडौं । सिप्रदी ट्रेडिङले हिजोबाट सुरु भएको नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गरेको छ । कम्पनीले टियागो ह्याचव्याकको ५ भेरियन्ट नेपाल ल्याएको हो ।

कम्पनीले ल्याएको टियागो दुई ब्याट्री अप्सन र दुई मोटर अप्सनमा उपलब्ध भएको छ । भारतीय बजारमा पनि यसका दुई अप्सन नै उपलब्ध थियो । तर, नेपाल आएका सबै भेरियन्टमा ५० किलोवाटभन्दा कम क्षमताका मोटर छन् ।

कम्पनीले टियागोको एक्सई र एक्सटी दुई भेरियन्टमा १९.२ किलोवाट आवरको ब्याट्री र ४५ किलोवाटको मोटर रहेको छ । त्यसबाहेक अन्य तीन भेरियन्ट एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टमा ४९ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

कम्पनी सानो ब्याट्रीले सिंगल चार्जमा २५० र ठूलो ब्याट्रीले ३१५ किलोमिटर रेन्ज दिने दावी गरेको छ । तर, रियल टेष्टमा भने केही कम रेन्ज रहने अनुमान गर्न सकिन्छ ।

सबै भेरियन्टमा दुई किसिमको ड्राइभिङ मोड र लिक्वीड कुल्ड ब्याट्री मेनेजमेन्ट सिस्टम दिइएको छ । सबै भेरियन्टले डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७.२ किलोवाट क्षमताको एसी चार्जर पनि सपोर्ट गर्छ ।

सिप्रदीले टियागोमा रहेको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्ष जुन पहिला हुन्छ त्यही वारेन्टी दिएको छ । भेहिकल वारेन्टी भने ३ वर्षको दिएको छ ।

यस्तो छ सबै भेरियन्टको मूल्य


Back_to_top