रफ्तारमा चिनियाँ कार, टप १० मा परे यी ब्राण्ड

काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकलको बजार चीनमा विद्युतीय साधनको बिक्री तिब्र गतिमा अगाडि बढेको छ । सन् २०२४ को सुरुवातदेखि नै कम्पनीहरुको बिक्रीमा बढोत्तरी सुरु भएको थियो ।

नोभेम्बर महिनाको बिक्री तथ्यांक आउँदा धेरै कम्पनीको बिक्री ५० प्रतिशतभन्दा बढीले बढेको छ । केही ब्राण्डले तीन गुणासम्मले आफ्नो बिक्री बढाएका छन् ।

हिजो मात्रै सार्वजनिक भएको बिक्री तथ्यांक अनुसार नोभेम्बरमा ५ लाख ४ हजार ३ युनिट कार बिक्री गर्दै बीवाइडी टपमा रहेको छ । दोस्रो स्थानमा जिली ग्रुप रहेको छ । कम्पनीले नोभेम्बरमा १ लाख २२ हजार ४५३ युनिट कार बिक्री गर्न सफल भएको हो ।

तेस्रो स्थानमा चांगान ग्रुप पर्न सफल भएको छ । चांगानले १ लाख युनिट बिक्री पुरा गरेको छ । चेरी ग्रुपले न्यू इनर्जी भेहिकल ७७ हजार ८३० युनिट कार बिक्री गर्दै चौथो स्थान ओगट्दा एलआई अटोले ४८ हजार ७४० युनिटसहित पाँचौ स्थानमा परेको छ ।

सूचीको छैटौ स्थानमा जीएसी एवोन परेको छ । कम्पनीले ४२ हजार ३०१ युनिट कार बिक्री गरेको छ । हिमा ग्रुपले ४१ हजार ९३१ युनिट कार बिक्री गरेर सातौं स्थानमा पर्दा लीप मोटर्स ४० हजार १६९ युनिट सहित आठौं स्थानमा परेको छ ।

सुचीको नवौं स्थानमा दीपल र दशौं स्थान ग्रेटवाल मोटर्स परेको छ । उनीहरुले क्रमशः ३६ हजार ०२६ र ३५ हजार ९९९ युनिट कार बिक्री गरेका छन् ।


Back_to_top