काठमाडौं । बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सवारी साधन संचालनमा रोक लगाइएको छ ।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी संचालनमा रोक लगाइएको हो ।
यो सडकमा बाढीको जोखिलाई मध्येनजर गर्दै वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाउँदै आइएको छ । आज भने दिउँसोमा पनि रोक लगाइएको हो ।
त्यस्तै, हुम्लाको हिल्सा-सिमकोट सडक खण्डमा पनि गाडी चलाउन रोक लगाइएको छ । हुम्लाको नाम्खा गाउँपालिका-२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले माथिबाट ढुङ्गा र माटो खस्ने जोखिमका कारण जेठ २ गतेसम्म सवारी संचालनमा रोक लगाइएको हो ।
त्यसैगरी, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १, राँगाकोटमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्ण रुपमा अवरोध रहेको प्रहरीले जनाएको छ ।


