ट्राफिकले गरेको सजाय चित्त नबुझे यी दुई ठाउँमा गर्नुहोस् पुनरावेदन

फाइल तस्बिर ।

काठमाडौं । तपाईं ट्राफिक प्रहरीले गरेको कारबाही वा सजाय चित्त नबुझेमा के गर्नुहुन्छ ? अधिकांश व्यक्ति ट्राफिकसँग रिसाउँदै चिट बोकेर आफ्नो गन्तव्यतर्फ लाग्छन् ।

यदि, तपाईंलाई ट्राफिक प्रहरीले गल्तीभन्दा धेरै सजाय गरे जस्तो अनुभव भयो या चित्त बुझेन भने उक्त कारबाही विरुद्ध कानुनी उपचार पनि खोज्न पाइन्छ ।

सवारी तथा यातायात व्यवस्था, २०४९ अनुसार यदि कसैलाई ट्राफिक प्रहरी वा यातायात निरीक्षकले गरेको निर्णय वा सजायमा चित्त नबुझेमा दुई निकायमा पुनरावेदन गर्न पाइने व्यवस्था छ ।

ऐनको दफा १७१ उपदफा (१) अनुसार ट्राफिकको निर्णय वा सजायमा चित्त नबुझेमा यातायात व्यवस्था विभागमा पुनरावेदन गर्न पाइन्छ । ट्राफिकले कारबाही गरेको चित्त नबुझेमा ३० दिन भित्र विभागमा पुनरावेदन गर्न पाइने छ ।

त्यस्तै, ट्राफिकको निर्णय उपर विभागले गरेको निर्णय वा आदेश चित्त नबुझेमा उच्च अदालत समक्ष पुनरावेदन गर्न पाइन्छ ।


Back_to_top