आकर्षक कलरमा आयो अपाचे आरटीआर १६०

काठमाडौं । टीभीएसले आफ्नो १६० सीसी सेग्मेन्टका दुई मोटरसाइकल आकर्षक कलरमा ल्याएको छ । टीभीएस मोटर्सले अपाचे आरटीआर १६० र १६० फोर भीको ब्ल्याक एडिशन सार्वजनिक गरेको छ ।

कम्पनीले अपाचे आरटीआटर १६० र १६० फोर भीको ड्रम ब्रेक भेरियन्टलाई ब्ल्याक कलर अप्सनमा ल्याएको हो ।

कम्पनीले अपाचे आरटीआर १६० र १६० फोर भीको मूल्य १ लाख २० हजार ४२० र १ लाख २४ हजार ८७० भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेको छ । कम्पनीले पुरानै मूल्यलाई निरन्तरता दिएको हो ।
टीभीएसले अल ब्ल्याक कलर अप्सनमा दुई मोडल सार्वजनिक गरेको हो । यसमा कलरका अलावा अन्य परिर्वतन गरिएको छैन् ।

यी दुवै मोटरसाइकलमा १५९.७ सीसी सिंगल सिलिन्डर इन्जिन उपलब्ध छ । आरटीआर १६० फोर भीमा भएको इन्जिनले १७.५५ पीएस पावर तथा १४.७३ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, अपाचे आरटीआर १६० मा रहेको टू भल्भ इन्जिनले १६.०४ पीएस तथा १३.८५ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top