तपाईको इलेक्ट्रीक कार कसरी हुन्छ सर्भिसिङ ? (भिडियोसहित)

काठमाडौं । विद्युतीय कारको बिक्री वितरण बढ्दै गएसँगै यसको ईको सिस्टमको विषयमा चर्चा हुने गरेको छ । त्यसमा चार्जिङ नेटवर्क र सर्भिसहरु पर्छ ।

पेट्रोल कारको सर्भिसिङको विषयमा धेरै मानिस जानकार भएपनि विद्युतीय कारको सवालमा गाडी प्रयोगकर्तालाई नै आफ्नो गाडी कसरी सर्भिसिङ हुन्छ भन्ने जानकारी छैन ।

त्यसले आफ्नो गाडीको सर्भिसिङ कसरी हुन्छ भन्ने जानकारी दिन हामीले भिडियो रिपोर्ट यहाँहरु माझ ल्याएका हौं । हाम्रो भिडियोबाट सामान्यतया विद्युतीय कारको सर्भिसिङमा कस्तो प्रोसेस अबलम्बन हुन्छ भन्ने जानकारी तपाईले पाउन सक्नुहुन्छ ।

विद्युतीय कार र पेट्रोलियम पदार्थबाट चल्ने कारको सर्भिसिङ गर्ने प्रक्रिया एउटै हो । तर, पेट्रोलियम पदार्थबाट चल्ने कारको जस्तो मोबिल, मोबिल फिल्टर जस्ता सामाग्री इलेक्ट्रीकमा परिवर्तन गर्नु पर्दैन ।

विद्युतीय साधनमा ब्रेक प्याड, स्टेरिङ आयाल, कुलायन जस्ता कुरा समान्य चेक जाँच गर्दा पुग्छ । विद्युतीयलाई समान्यतया ६ महिना भित्र अथवा ५ हजार किलोमिटर गुडेपछि सर्भिसिङमा बोलाउने गरेको पाइनछ ।


Back_to_top