काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले आफ्नो पहिलो इलेक्ट्री स्कुटर ‘आई क्यूव’को आक्रमक बजार रणनीति तयार परेको छ । कम्पनीले भारतको राजधानी दिल्लीमा यसको विक्री सुरु गर्दै विद्युतीय सवारी साधन उत्पादनमा आक्रमक रणनीति तयार पारेको हो ।
कम्पनीले विशेषत बजाज चेतक र अर्थर इलेक्ट्रीक स्कुटरसँग सिधा प्रतिस्पर्धा गर्ने तयारीका साथ दिल्लीमा यसको विक्री सुरु गरेको जनाएको छ । टीभीएसले आइ क्यूवलाई ३ वर्ष वा ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेर विक्री सुरु गरेको हो ।
कम्पनीले आइ क्यूवको मूल्य १ लाख ३६ हजार ७७ रुपैयाँ मूल्य निर्धारण गरेको भएपनि दिल्ली सरकारले दिएको अनुदान घटाउँदा ग्राहकले १ लाख ८ हजार १२ भारतीय रुपैयाँमा किन्न पाउने छन् ।
टीभीएसले सुरुमा भारतको बैगलुरुमा विक्री सुरु गरेको आइ क्यूवलाई दिल्लीमा उतारेसँगै विस्तारै अन्तर्राष्ट्रिय बजारमा पनि उतार्ने अनुमान गरिएको छ । यस्तोमा नेपालमा पनि टीभीएसका मोटरसाइकल तथा स्कुटर निकै राम्रो संख्यामा विक्री भइरहेकाले चाँडै नेपाल पनि आउन सक्ने अनुमान गरिएको छ ।
कम्पनीले आइ क्यूवमा ४.४ किलोवाटको मोटर दिएको छ । यसमा लिथियम २.२५ किलोवाट आवरको आयोन व्याट्री प्याक उपलब्ध रहेको छ । यसको उच्चगति क्षमता ७८ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा रहेको व्याट्रीलाई घरायसी विजुलीमा चार्ज गर्दा ५ घन्टा समय लाग्ने छ । साथै, एक पटकको फुल चार्जमा ७५ किलोमिटर रेञ्ज प्रदान गर्छ ।
टीभीएस आइ क्यूवमा नेक्ट जेनेरेशन स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । साथै, टीएफटी क्लष्टर, टीभीएस आइ क्यूव एपसमेत उपलब्ध रहेको छ । उक्त एपबाट जियो फेसिङ, नेविगेसन एसिस्ट, रिमोट व्याट्री चार्ज स्टाटस, लास्ट पार्क लोकेशन, इनकमिङ कल अलर्ट, एसएमएस अलर्ट, डे नाइट डिस्प्ले, क्यूव पार्क एसिस्ट, इकोनोमी र पावर मोड ड्राइभ, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

