काठमाडौं । जगदम्बा मोटर्सले नयाँ स्कुटरको बुकिङ खुला गरेको छ ।
टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जुपिटरको नयाँ भर्सन जुपिटर ११३ को बुकिङ खुला गरेको हो ।
कम्पनीले लामो समयदेखि नेपालमा परिक्षण गरिरहेको स्कुटर अबको केही दिन भित्रमै बिक्री सुरू गर्ने तयारीका साथ बुकिङ खुला गरेको हो ।
जगदम्बा मोटर्सले २ लाख ५७ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुलाएको टीभीएसको डिलर नेटवर्कले जानकारी दिएको छ । नयाँ जुपिटर बुकिङ गर्ने पहिलो १०० जना ग्राहकले फाइभ स्टार होटलमा बस्न पाउने छन् । साथै, १ हजार ५०० को सपिङ भौचर पनि पाउने छन् ।
नयाँ जुपिटर पुरानो मोडलभन्दा निकै आकर्षक डिजाइनमा तयार भएको स्कुटर हो । निकै सिल्क डिजाइनमा रहेको जुपिटरको फ्रन्ट कनेक्टेड एलइडी डीआरएलका साथै, रियरमा टर्न इन्डिकेटरमा कनेन्टेड ब्रेक लाइट दिइएको छ ।
टीभीएसले यसमा पहिलो पटक ‘फलो मी’ एलइडी डिस्प्ले दिएको छ । जुन स्कुटर बन्द भएको केही सेकेन्डसम्म बलेर आफैं बन्द हुन्छ ।
जुपिटरमा कनेक्टेड फिचर सहितको फुल्ली डिजिटर इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध रहेको छ । यसमा भोइस असिस्ट फिचर समेत पाउन सकिन्छ । कम्पनीले यसको इन्धन भर्नका लागि फ्रन्टमा फ्युल क्याप दिएको छ । यसमा दुईवटा हाफ हेलमेट राख्न सकिने बुट स्पेस दिएको छ ।
नयाँ जुपिटरमा ११३ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, टू भल्भ इन्जिन उपलब्ध छ । यो इन्जिनले ६ हजार ५०० आरपीएममा ८ हर्ष पावर र ५ हजार आरपीएममा अधिकतम ९.२ एनएम टर्क जेनेरेट गर्छ ।