‘भीनफास्ट’को भारत यात्रा पक्का, नेपाल पनि आउने

काठमाडौं । भियतनामी इलेक्ट्रीक कार निर्माता कम्पनी भीनफास्टले भारतमा उत्पादन लगाउने पक्का भएको छ । कम्पनीले भारतको तामिलनाडु सरकारसँग प्लान्ट लगाउने विषयमा सम्झौंता गरेको हो ।

भीनफास्ट ग्रुपले तामिलनाडुमा २ विलियन डलर लगानी गर्ने र त्यहाँ उत्पादन भएका कार भारतसँगै अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्ने जनाएको छ । पहिलो फेज अन्तर्गत ५०० मिलियन डलर लगानी गर्नेगरी सम्झौंता भएको हो । त्यसपछि क्रमशः लगानी बढाउँदै लानेछ ।

अमेरिकी बजारबाट आफुलाई बलियोसँग उभ्याउन लागिपरेको भीनफास्टले भारतीय बजारमा बढ्दो कारको मागलाई सम्बोधन गर्न प्लान्ट स्थापनाको काम अगाडि बढाएको हो । कम्पनीले यो प्लान्टबाट वार्षिक १ लाख ५० हजार यूनिट कार उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सन् २०२४ को मध्यसम्ममा नयाँ प्लान्ट निर्माणको काम अगाडि बढ्ने छ । कम्पनीले २०२५ को अन्त्यसम्ममा भारतीय प्लान्टबाट उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

भारतीय बजारमा उत्पादन गर्ने घोषणा हुनु अगावै भीनफस्टका उत्पादन नेपाल ल्याउन विभिन्न ब्यवसायीक घराना लागि परेका थिए । तर, कम्पनीसँग तत्काल राइड ह्याण्ड ड्राइभ मोडल नभएको कारण देखाउँदै कसैलाई पनि डिलर सिप दिएको थिएन ।

अब भारतमा नै उत्पादन हुने भएसँगै भीनफास्ट नेपाल नआउने कुरै भएन । बरु कति ब्यवसायीक घरानाले आवेदन दिन्छन् र कसले पाउँछ भन्ने विषय भने निकै चाख लाग्दो हुने देखिन्छ ।


Back_to_top