काठमाडौं । रोयल इनफिल्डले नेपाली बजारमा क्लासिक ३५० को नयाँ भेरियन्ट सार्वजनिक भएको छ ।
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले विभिन्न फिचरहरू थप गरेर क्लासिक ३५० को ५ भेरियन्ट बजारमा ल्याएको हो ।
कम्पनीले नेपालमै एसेम्बल गरेर सार्वजनिक गरेको नयाँ मोटरासइकलको सुरूवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ र विभिन्न कलर अप्सन अनुसार टप भेरियन्टको मूल्य ५ लाख ७९ हजार रुपैयाँ तोकेको छ ।
कम्पनीले ल्याएको नयाँ भेरियन्ट क्लासिक ३५० मा डबल डिस्क ब्रेक दिइएको छ । बेस भेरियन्टदेखि नै डबल च्यानल एबीएस सुरक्षा फिचर पाउन सिकन्छ ।
कम्पनीले यसमा ब्रेकिङमा मात्र होइन अन्य परिर्वतनहरू समेत गरेको छ । जसमा एलईडी हेडल्याम्प दिएको छ । यसले रेगुलर मोडलको तुलनामा ज्यादा प्रकाश दिन्छ ।

त्यसैगरी, कम्पनीले यसको इन्जिनलाई अझै रिफाइन गरेको र रोयल इनफिल्डका थम्प साउनमा अझै सुधार ल्याएको कम्पनीको भनाइ छ । यसका कम्पनीले यसमा फुल डिजिटल कन्सोल दिएको छ । जसमा गियर इन्डिकेट, रियल टाइम माइलेज जस्ता फिचर उपलब्ध छ ।
नेपाली बजारमा क्लासिक ३५० को ५ भेरियन्टका विभिन्न ७ कलरहरूमा उपलब्ध छ । जसमा हेरिटेज भेरियन्ट अन्र्तगत मदरास रेड र जोधपुर ब्लू रहेको छ । यसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
हेरिटेज प्रिमियम भेरियन्टमा मेडालियन ब्रोन्ज र सिग्नल्स भेरियन्टको कमान्डो सेण्ड कलरको मूल्य ५ लाख ६६ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, डार्क भेरियन्टमा गन ग्रे स्टेल्थ ब्ल्याक कलरको मूल्य ५ लाख ७३ हजार तोकिएको छ भने, क्रोम भेरियन्टको इमराल्ड कलरको मूल्य ५ लाख ७९ हजार तोकिएको छ ।

अल्फा अटोमोटिभले नेपालमै एसेम्बल सुरू गरेसँगै ग्राहकलाई सरल मूल्यमा रोयल इनफिल्डका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । कम्पनीले नेपाली बजारमा गत नाडा अटो शोदेखि रोयल इनफिल्ड हिमालयन ४५० को बिक्री सुरू गरेको थियो ।
हाल नेपाली बजारमा क्लासिक ३५०, मेटीअर ३५०, हन्टर ३५०, स्क्रयाम ४११ र हिमालयन ४५० बिक्री हुँदै आएको छ ।

