किन किन्ने क्रेटा ईभी ? याद गर्नुस् ५ कुरा

काठमाडौं । हुन्डाईको पछिल्लो ईभी क्रेटा दुई महिनादेखि नेपाली बजारमा किन्न पाइन्छ । मार्चको अन्तिमदेखि बिक्री सुरू भएको क्रेटा मे १५ सम्म १६३ युनिट आयात भइसकेको छ ।

चिनियाँ ईभीको बाहुल्यता रहेको बजारमा क्रेटा ईभीले ठिकठाक व्यापार गरिरहेको उसको आयात संख्याले पनि देखाउँछ । आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो पेट्रोलमा सर्वाधिक सफल मोडल क्रेटाको इलेक्ट्रीक भर्सन पनि निकै सफल हुने विश्वास लिएको देखिन्छ ।

सन् २०१६ देखि नेपाली बजारमा बलियो पकड बनाएर बसेको क्रेटाको इलेक्ट्रीक भर्सन किन किन्ने भन्ने विषयमा कम्पनीले दिएको मुख्य ५ कारण यस प्रकार छन् ।

१. चार घण्टामै फुलचार्ज : कम्पनीका अनुसार क्रेटा इलेक्ट्रीकलाई ४ घण्टामा नै फुलचार्ज गर्न सकिन्छ । यसमा ४२ किलोवाट आवरको एनएमसी ब्याट्री रहेको छ । जसको कारण निकै तीव्र गतिमा यसलाई एसी चार्जरले चार्ज गर्न सक्छ ।

२. सहज स्पेयर पार्ट्सको उपलब्धता : हुन्डाईले क्रेटा ईभीको उत्पादन भारतमा गरेको हो । चीनको तुलनामा भारतबाट पार्ट्स ल्याउने सहज हुने भएको कारण कम्पनीले सहजै पार्ट्स दिने जनाएको छ । कम्पनीका अनुसार अन्य ईभीको तुलनामा यसको पार्ट्स पनि सस्तो हुनेछ ।

३.प्याडल सिफ्टर : चालकलाई वान प्याडल ड्राइभको मज्जा उठाउन यसमा प्याडल सिफ्टर दिइएको छ । अहिले बजारमा उपलब्ध कुनै पनि प्रतिस्पर्धी मोडलसँग यो सुविधा उपलब्ध छैन ।

४. स्पेयर टायर : लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभीमा फुल साइज स्पेयर टायर उपलब्ध हुनेछ । अहिकांश प्रतिस्पर्धीले स्पेयर टायर दिएका छैनन् । यस्तोमा कम्पनीले ढुक्कसँग यात्रा गर्न स्पेयर टायरले सहयोग गर्ने जनाएको छ ।

५. उच्च ग्राउण्ड क्लियरेन्स : कम्पनीले क्रेटा ईभी छनोट गर्नु पर्ने अर्को कारण ग्राउण्ड क्लियरेन्स भएको जनाएको छ । अहिले बजारमा रहेका अधिकांश प्रतिस्पर्धीसँग १७० देखि १८० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यस्तोमा हुन्डाई क्रेटा ईभीमा पेट्रोल भर्सनभन्दा अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ ।


Back_to_top