एमजी ब्राण्डमा विङ्गो इलेक्ट्रीक कार आउने

काठमाडौं । नेपालमा लन्च भएको विलिङ विङ्गो अब भारतमा एमजी ब्राण्डमा उत्पादन हुने भएको छ । एसएआईसी-विलिङ-जनरल मोटर्स मिलेर बनेको विलिङको विङ्गो भारतमा एमजीले उत्पादन गर्ने भएको हो ।

पारामाउन्ट मोटर्सले आयात गरी विलिङ विङ्गो केही दिन अघि मात्रै नेपालमा बिक्री सुरु भएको हो । एमजी मोटर इन्डियाले विङ्गोको प्याटेन्ट दर्ता गरेको छ । यसअघि पनि एमजीले विलिङ एयर ईभीलाई भारतमा कोमेट नामबाट उत्पादन गर्दै आएको छ ।

सन् २०२३ को डिसेम्बरमा विङ्गो ईभी इन्डोनेशियामा लन्च भएको थियो । राइट ह्याण्ड ड्राइभ भर्सनमा लन्च भएसँगै नेपाल विङ्गो आएको थियो । अहिले भारतमा पनि विङ्गो ईभीको चर्चा राम्रै छ ।

विङ्गो इभीको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम, उचाई १५८० एमएम तथा यसको ह्वीलवेस २५६० एमएम रहेको छ । विङ्गोमा आकर्षक एक्स सेपको एलइडी डीआरएल, १५ इन्चको ह्वील, डिउल टोन फ्लोटीङ रुफ र एक्स सेपकै एलइडी टेललाइट रहेको छ । यसको चारै चक्कामा डिस ब्रेक रहेको छ ।

इन्डोनेशियामा विलिङ विङ्गो दुई फरक मोटरमा उपलबध छ । विङ्गोमा ३१.९ किलोवाट आवरको ब्याट्री प्याकमा ५० हर्सपावर मोटर छ । यसले ३३० किलोमिटर रेन्ज दिनेछ ।

एमजी मोटर्स इन्डियाले विङ्गोभन्दा माथिल्लो सेग्मेन्टमा क्लाउड ईभीको पनि परिक्षण गरिरहेको छ । भारतमा प्रत्येक ३ देखि ६ महिनामा नयाँ मोडल लन्च गर्ने घोषणा गरेको कम्पनीले न्यू इनर्जी भेहिकलमा फोकस गरिरहेको देखिन्छ ।


Back_to_top