काठमाडौं । यामाहाले एमटी ०३ भारतमा बिक्री सुरु गरेको छ । ग्लोवल मार्केटमा यसअघि नै उपलब्ध मोटरसाइकल भारतीय बजारमा पहिलो पटक सार्वजनिक भएको हो ।
यामाहा मोटरसाइकल इन्डियाले इन्डोनेशियमा उत्पादन भएको एमटी ०३ भारत ल्याएर बिक्री सुरु गरेको हो । भारतमा उत्पादन भएको भए यो मोटरसाइकल चाँडै नेपाल आउने अनुमान गर्न सकिन्थ्यो । इन्डोनेशियाबाट आउँछ वा आउँदैन एकिन भन्न सक्ने अवस्था छैन ।
यामाहा एमटी ०३, एमटी १५ कै डिजाइनमा निर्माण भएको छ । कम्पनीले भारतीय बजारमा यसको मूल्य ४ लाख ६० हजार एक्स शोरुम निर्धारण गरेको हो ।
कम्पनीले एमटी १५ मा दिएको प्रोजेक्टर हेडलाईट सेट एमटी–०३ मा दिएको छ ।साथै, यामाहा एमटी ०३ मा एलइडी बिल्कंरको प्रयोग गरिएको छ । यसमा एलसीडी डिस्प्ले र मस्कुलर फ्यूल ट्याङ्क पाउन सकिन्छ ।
कम्पनीले यसमा ३२१ सीसी क्षमताको प्यारलल् ट्वीन सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिएको छ । जसले १०७५० आरपीएममा ४२ हर्स पावर र ९००० आरपीएममा २९.५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा डायमन्ड टाइप ट्युवलर स्टीलको फ्रेम दिइएको छ भने अगाडि ३७ एमएम इन्भटेर्ड फर्क र पछाडि मोनोसक एब्जर्वरको प्रयोग गरिएको छ ।

