काठमाडौं । इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल विक्रेता कम्पनी पायोनिर वर्ल्डवाइडले बिना डाउनपमेन्टमै स्कुटर तथा मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको छ ।
कम्पनीले हर्विन ब्रान्डका कुनै पनि मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने स्कीम ल्याएको हो ।
यो स्कीम अन्तर्गत हर्विन स्कुटर ईके १, एसके ३ र सीआर ६ मोटरसाइकल उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
पायोनिर वर्ल्डवाइडले ईके १ को मूल्य ३ लाख ७५ हजार, एसके ३ को ४ लाख ७५ हजार र सीआर ६ को मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
कम्पनीको शून्य प्रतिशत फाइनान्स स्कीममा स्कुटर तथा मोटरसाइकल किन्न ग्राहकसँग क्रेडिटकार्ड हुनुपर्ने कम्पनीले जनाएको छ ।


