काठमाडौं । हस्कभर्नाले सन् २०२१ मा भारतीय बजारमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले बजाजको इलेक्ट्रीक स्कुटर चेतकमा आधारित मोडल निर्माण ल्याउँने तयारी गरेको हो ।
हस्कभर्नाले सार्वजनिक गरेको इमेज अनुसार उक्त स्कुटरमा चेतकमा दिइएको जस्तै चार किलोवाटको मोटर लगाइएको छ । तर, सो स्कुटरमा सिंगल साइडेड स्विंगआर्मको फिचर भने दिइएको छैन् ।
सो स्कुटरमा चेतकमा भएजस्तै आईपि ६७ रेटेड ब्याट्री लगाइएको छ । ३ घन्टा ५० मिनेटमा ८० प्रतिशत चार्ज हुने यो स्कुटरमा फास्ट चार्जिङको फिचर दिइएको छ । यसमा इन्स्ट्रुमेन्ट कन्सोलसंगै स्मार्टफोन इन्र्टरग्रेशन सपोर्ट, एलइडी लाइटिंङ र दुबै साइडमा डिस्क ब्रेक लगाइएको छ । यो स्कुटरमा उपलब्ध अधिकांश विशेषता, चेतकसंग मिल्दोजुल्दो हुने कम्पनीले जनाएको छ ।
बजाज चेतक भने, अगामी महिना भारतीय बजारमा सार्वजनिक हुनेछ । करिब एक लाख २५ हजार भारुमा सार्वजनिक हुने यो स्कुटर बजाजको पहिलो इलेक्ट्रीक मोडलका रुपमा आउने छ ।


