कियाले जित्यो ‘वर्ल्ड कार अफ दि इयर’, सोल इभी पनि उत्कृष्ट

काठमाडौं । कोभिड १९ भाइरसको कारण विश्वमा निकै ठूलो संकट आइरहेको छ । विश्वका धेरै देश लकडाउन गरिएका छन् । यसका बाबजुद वर्ल्ड कार अफ दि इयर छनोट गरिएको छ ।

यस वर्षको वर्ल्ड कार अफ दि इयर अवार्ड कियाको टेलुराइडले जित्न सफल भएको छ । यो कियाको फुल साइज थ्रि रो एसयूभी हो । यो सेग्मेन्टमा २९ मोडलले प्रतिस्पर्धा गरेका थिए । तर, अन्तिम ३ को लिस्टमा किया टेलुराइड, माज्दा थ्री र माज्दा सिएक्स ३० पर्न सफल भएका थिए ।

माज्दाका दुबै कारलाई उछिन्दै कियाले ‘वर्ल्ड कार अफ दि इयर’को अवार्ड जित्न सफल भएको हो । कियाको सोल इभीले ‘अर्वान कार अफ दि इयर’को अवार्ड समेत जित्न सफल भयो । योसँगै कियाले पहिलो पटक वर्ल्ड कार अफ दि अवार्ड र अर्वान कार अफ दि इयरको दुई उपाधि एकै पटक जित्न सफल भएको हो ।

वर्ल्ड पर्फमेन्स क्याटग्वोरीमा पोस्र्चेले दुई उपाधि हासिल गर्यो । वर्ल्ड कार अफ दि इयरको अवार्ड जित्न नसकेको माज्दा थ्रीले ‘बेस्ट डिजाइन अफ दि इयर’ अवार्ड जित्न सफल भएको थियो । यो अवार्डको जुरीमा ८६ जना रहेका थिए ।


Back_to_top