अर्थरको इलेक्ट्रीक क्रुजर मोटरसाइकल

भारतीय कम्पनी अर्थर इनर्जीले इलेक्ट्रीक क्रुजर मोटरसाइकल ल्याउने अनुमान गरिएको छ । इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको अर्थरले हिरो मोटोकर्पको लगानीपछि थप मोडल उत्पादनमा आफुलाई केन्द्रीत गरेको हो ।

कम्पनीले हालै इलेक्ट्रीक क्रुजर मोटरसाइकलको डिजाइन बाहिर ल्याएको छ । कम्पनीका प्रडक्ट डिजाइनर श्रृजित कृष्णन् कुञ्जपानले उक्त मोटरसाइको डिजाइन सार्वजनिक गरेका हुन् । उनले उक्त मोटरसाइकललाई सार्क डिजाइनमा तयार पारेका छन् । लकडाउन अवधिमा नै उक्त डिजाइन तयार भएको उनले जनाए ।

डिजाइनरले यसको डिजाइनलाई पूर्ण क्रुजर बनाएका छन् । यसमा फ्रन्ट विन्डसिल्ड, स्प्लीट सिट, मोनोशक सस्पेन्सन, स्मार्ट कनेक्टिभिटी, वायारलेस फोन चार्जर जस्ता फिचर समावेस गरिएको छ ।

कम्पनीले यसअघि नै मोटरसाइकल सेग्मेन्टमा प्रवेश गर्ने जनाई सकेको छ ।


Back_to_top