बैंक तथा वित्तीय संस्था र सरकारी कर्मचारीको गाडी गुड्ने समय तोकियो

काठमाडौं । स्थानीय प्रशासनले सडकमा गुड्ने सवारी साधनमा कडाई गर्ने निर्णय गरेको छ । यसअघि आ-आफ्नो कार्यालयको पासमा गुड्न दिइएका यस्ता सवारी साधनलाई अब चल्न पाउने निश्चित समय तोकिएको हो ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी चाप नघटेको भन्दै सवारीसाधन संचालनमा कडाइ गर्दै यस्तो निर्णय गरेका हुन् ।

अब सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान र साँझको समयमा मात्र चलाउन पाउने छन् । बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

तोकिएको समय बाहेक गाडी संचालन गरेका केही दिनअघि जारी भएको संक्रमण रोग नियन्त्रण अध्यादेश अनुसार कारवाही गरिने जनाइएको छ । यसअघि नै जेठ १३ गतेसम्मलाई निषेधाज्ञा जारी भएकोमा यसलाई बढाएर जेठ २० गतेसम्म बनाइएको छ । यसअघि संचालनमा आएका डिपार्टमेन्ट स्टोर र किराना पसलसमेत बन्द गर्ने निर्णय भएको छ ।


Back_to_top