नेपालमा चिनियाँ रेल र भारतमा जापानीज बुलेट ट्रेन, धान्ला अर्थतन्त्रले ?

नेपालमा दुई तिहाई बहुमतको सरकार बनेपछि चुनावी अभियानको दौरान ठूलो स्वरमा रेल र विकासको वकालतगर्दै आएका तत्कालिन एमाले अध्यक्ष अहिलेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नौ वर्षमा चीन नेपाल रेल मार्गले खुल्ने र त्यसले नेपालमा संवृद्धिको बहाब ल्याउने बताईरहेका छन् । 

चरम राजनीतिक अस्थिरताको थिलिएको नेपाली समाजले पनि प्रधानमन्त्री ओलीको यो र यस्ता विकासे मुद्धालाई वाहवाहीगर्दै स्वागत गरिरहेको छ । छिट पुट कसैले रेल किन ? भन्ने प्रश्न उठायो भने उ विकास विरोधीको विल्ला भिर्न बाध्य हुन्छ । रेल नेपालको आवश्यकता हो वा होइन भन्ने बिषयमा सरकारले कुनै पनि किसिमको अध्ययन गराएको छैन । स्वंयम प्रधानमन्त्री यसको आवश्यकताको पुष्टिमा जवाफ दिन्छन् यताबाट फर्किदा ‘ट्यांक का ट्यांक पानी बेच्न रेल’ । 

रेलमा लगानी निकै ठुलो हुन्छ । बोल्न र बनाउन पनि सजिलै सकिएला तर नेपाली जनताले पैसा तिरेर चढ्न सक्ने मूल्यमा रेल बनाउन सकिन्छ वा सकिदैन भन्ने विषयमा अध्यन अनुषन्धान हुन जरुरी छ । त्यस बिषयमा हामी प्रबेश गरेकै छैनौ । रेलको बहस सुरु हुनु अत्यन्तै सुखद कुरा हो तर अहिल्यै, यति बेलै रेल ल्याउने तयारी गरेजसरी हौसिएर लगानी नै गर्ने हो भनेपनि त्यसको लागत थेग्न सक्ने अबस्थामा हामी पुग्नसक्नु पर्छ । 

सन् २०२२ अगस्ट १५ बाट संचालनमा आउने मुम्बई अहमदाबाद बुलेट ट्रेन परियोजनाको कामभने तिव्र गतिमा सुरु भैसकेको छ । 

उस्तै परिस्थिति छ भारतको बुलेट ट्रेन परियोजनाको पनि । निम्न मध्यम र निम्न वर्गको बाहुल्य रहेको भारतमा पनि बुलेट ट्रेनको औचित्यको बारेमा बिरलै प्रश्न उठ्ने गरेको छ । आधिकारीक रुपमा मुद्धालाई नउठाए पनि प्रमुख प्रतिपक्षी दल काँग्रेस आइले यस परियोजनालाई सरकारको अहमता र सत्तामा टिकिरहने नीतिको रुपमा लिएको छ । सन् २०२२ अगस्ट १५ बाट संचालनमा आउने मुम्बई अहमदाबाद बुलेट ट्रेन परियोजनाको कामभने तिव्र गतिमा सुरु भैसकेको छ । यस परियोजनाको लागत १७ खर्ब ३० अर्ब रुपैयाँ हो जसलाई ३ वर्षमा पुरागर्ने लक्ष्य लिइएको छ । जसमा ८१ प्रतिशत लगानी जापान सरकारले ५० वर्षमा फिर्ता गर्ने गरि ऋण लगानी गरेको छ । ५ सय ८ किमीको दुरीमा रहेको उक्त दुई शहर २०२२ अगस्ट पछि ३२० किमी प्रतिघन्टाको रफ्तारमा गुड्ने बुलेट ट्रेनले जोड्ने छ । 

अहिले अहमदाबादबाट मुम्बई पुग्न बसमा ९ घन्टा, रेलमा सात घन्टा र हवाई मार्गबाट १ घन्टा १५ मिनेटको यात्रा गर्नुपर्छ भने बुलेट ट्रेनले १२ स्टेसन छिचोल्दै २ घन्टाभन्दा कम समयमा गन्त्यब्यमा पुर्याउँछ । तर प्रतिपक्षी दलले भने यो बुलेट ट्रेन आधा भारतीयको पहुचमा भन्दा बाहिर रहने टिप्पणी गरिरहेको छ । काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले लन्डनमा भारतीय पत्रकारहरुसँगको संवादमा भने ‘बुलेट ट्रेन भारतको लागि उपयुक्त हैन, यो चल्दैन । यो लोकप्रिय छ तर, यसको टिकट हवाइ जहाजको भन्दा महङ्गो हुन आउँछ ।’ बौद्धिक समाजमा पनि यस परियोजनाबारे टिप्पणी उठ्ने गरेको छ । उनीहरुले यस परियोजनालाई नरेन्द्र मोदीको लोक रिझ्याँई र आडम्बरसँग जोड्ने गरेका छन् । तर, भारतीय अर्थतन्त्र निकै ठूलो रहेकोले उनिहरुलाई कुनै एउटा प्रोजेक्टको नोक्सानीले धेरै वितिय संकट भने ल्याउने छैन । 

यता नेपालमा भारतीय नाकाबन्दी पछि चिनियाँ रेल अति आवश्यक छ भन्ने आममानिसले बुझेका छन् । जसलाई, क्यास गर्न सफल भए केपी ओली । रसुवागढी–काठमाडौं रेलको संभाव्यता अध्ययन चिनियाँ कम्पनी ‘फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट’ले गरिहेको छ । नेपाल सरकारले आफ्नो पक्षबाट केहीपनि अध्ययन गरेको छैन र यसलाई आवश्कता पनि ठानेको छैन । उक्त कम्पनीको प्रारम्भिक अध्ययनले के देखाउँछ भने दुई बिन्दु रसुवागढी र काठमाडौंको टोखा उपयुक्त छ । ७२ किमिमा अवस्थित दुई बिन्दुको ९८.५ प्रतिशत भू–भागमा रेल ट्रयाकको लागि सुरुङ र पुलको आवश्यकता पर्छ । 

उक्त अध्ययनले यस परियोजनाको लागत ९ वर्षमा २ खर्ब ९७ अर्ब लाग्ने देखाएको छ । यद्यपी, सरकारले लगानीको स्रोत पहिचान गरिसकेको छैन । 

नेपाल सरकारले लगानी गर्न नसक्ने हो भने पनि त्यति चिन्ताको विषय होइन किनभने चीन नेपाल जस्तो देशमा ऋणको खोला बगाउन हरपल तत्पर देखिन्छ । यो विषय अफ्रिकन मुलुक, श्रीलंका, पाकिस्तानआदी देशलाई हेर्दा नै थाहा हुन्छ । ऋण त चीनले दिन्छ तर, चिनियाँ ऋणको खोलामा देश डुब्छ की तैरिएर संवृद्धि हासिल गर्छ । 

नेपालमा आउने रेलको गति कति हुन्छ ? दार्जिलिङको पहाडमा गुड्ने रेलको जस्तै २०–२५ किमी प्रतिघन्टा त हैन ? रेलले पर्यटनलाई कतिको टेवा दिन्छ ? आयातमात्रै थोपरिने हो वा निर्यात पनि सम्भब छ । 

हालैमात्र मलेसियामा प्रम निर्वाचित महाथिर मोहम्मदले आफ्नो देशको अनुकुलता नरहेको भन्दै सबै परियोजनाका सम्झौता रद्ध गरिदिए । श्रीलंका पनि चिनियाँ परियोजनाको एक खर्बको बन्दरगाह ऋण थाम्न नसकेर ९९ वर्षको लागि चिनियाँलाई सुम्पन बाध्य भयो । उता केन्यामा चार खर्बको मोम्बासी–नैरोबी रेलको हालत उस्तै छ । जम्मा–जम्मी वार्षिक १३ लाख मानिसले सवार गर्ने र दिनमा जम्मा दुईवटा रेल चल्ने उक्त रेलवेले आर्थिक प्रगति गर्दै गरेको केन्यालाई नराम्रो दल–दलमा फसाएको छ । 

नेपालमा पनि यस्ता यावत कुराको अध्ययन अति आवश्यक छ । रेलको महत्वपूर्ण पाटो त्यसको ‘गति’ पनि हो । भारतमा रेलेको गति औषत ९० किमी प्रतिघन्टा छ । नेपालमा आउने रेलको गति कति हुन्छ ? दार्जिलिङको पहाडमा गुड्ने रेलको जस्तै २०–२५ किमी प्रतिघन्टा त हैन ? रेलले पर्यटनलाई कतिको टेवा दिन्छ ? आयातमात्रै थोपरिने हो वा निर्यात पनि सम्भब छ । चीन निर्यात गर्न चिनभन्दा सस्तो गुणस्तरिय सामान के हुन सक्छ ? जस्ता विषयमा अध्यन हुन जरुरी छ । हाम्रो सडक संजाल, रेल मार्ग र हवाई क्षेत्रको पूर्ण अध्यन पहिलो सर्त बनाउन ढिला भइसकेको छ । 


Back_to_top