आइएमई समूहले भित्र्यायो सलाम एयरलायन्स

काठमाडौं । ओमनको बजेट एयरलायन्स सलाम एयरले भाेली  (२६ भदौ) देखि नेपालमा अाफ्नाे उडान   शुरू गर्ने भएकाे छ । यसकाे नेपालका लागि जनरल सेल्स एजेन्ट अर्इएमर्इ ट्राभल्स प्रालि हाे । 
हप्तामा सात दिन उडानको अनुमती पाएकाे याे एयरले शुरूमा हप्तामा ४ दिन उडान गर्ने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झाका अनुसार सलाम एयरको नेपाली समय अनुशार जहाज विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने   ४० मिनेट विमानमस्थलमा रहेर सो विमान ८ बजेर ४० मिनेटमा ओमान फर्कनेछ।
लाेकस्ट एयरलाइन्सको रुपमा अाफूलार्इ स्थापित गरेकाे यो एयरलाइन्सले १ सय ७४ सिट क्षमताको एयरबसकाे ए-३२० विमानबाट विभिन्न रूटमा हप्तामा १ सय १६ उडान गर्दै आएको छ।
सलाम एयरले उडान सुरु गरेसँगै काठमाडौै मस्कटकाे उडान गर्ने दुर्इवटा वायुसेवा कम्पनी हुने छन्। यस अघिनै ओमानको राष्टि्य ध्वजाबाहक ओमान एयरले नियमित उडान गर्दै अएकाे छ । ओमान एयर फुलफ्यज एअरलायन्स हाे भने सलाम एयर लाेकस्ट एअरलायन्स हाे जसकाे भाडादर निकै फरक हुनेछ ।
सन् २०१७ काे जनवरीबाट उडान थालेके सलाम एयरले अान्तिकतर्फ ओमानको मस्कट, सलल्हा र सोहरबाट  उडान भर्दै आएको छ भने, अन्तर्राष्ट्रिय लर्फ युएइको दुबाइ, साउदी अरेबीयाको जेद्दा, पाकिस्तानको शैलकोट, मुल्तान र कराँची, जर्जियाको त्बीलीसी र अजरबैजानको बाकुम, बंगलादेशकाे ढाका लगायत क्षेत्रमा उडान गर्दै आएको छ।
2 Attachments


Back_to_top