आइएमई समूहले भित्र्यायो सलाम एयरलायन्स

काठमाडौं । ओमनको बजेट एयरलायन्स सलाम एयरले भोली  ९२६ भदौ० देखि नेपालमा आफ्नो उडान   शुरू गर्ने भएको छ । यसको नेपालका लागि जनरल सेल्स एजेन्ट अर्इएमर्इ ट्राभल्स प्रालि हो ।

हप्तामा सात दिन उडानको अनुमती पाएको यो एयरले शुरूमा हप्तामा ४ दिन उडान गर्ने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झाका अनुसार सलाम एयरको नेपाली समय अनुशार जहाज विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने   ४० मिनेट विमानमस्थलमा रहेर सो विमान ८ बजेर ४० मिनेटमा ओमान फर्कनेछ।

लोकस्ट एयरलाइन्सको रुपमा आफूलार्इ स्थापित गरेको यो एयरलाइन्सले १ सय ७४ सिट क्षमताको एयरबसको ए(३२० विमानबाट विभिन्न रूटमा हप्तामा १ सय १६ उडान गर्दै आएको छ।

सलाम एयरले उडान सुरु गरेसँगै काठमाडौै मस्कटको उडान गर्ने दुर्इवटा वायुसेवा कम्पनी हुने छन्। यस अघिनै ओमानको राष्ट्यि ध्वजाबाहक ओमान एयरले नियमित उडान गर्दै अएको छ । ओमान एयर फुलफ्यज एअरलायन्स हो भने सलाम एयर लोकस्ट एअरलायन्स हो जसको भाडादर निकै फरक हुनेछ ।

सन् २०१७ को जनवरीबाट उडान थालेके सलाम एयरले आन्तिकतर्फ ओमानको मस्कट, सलल्हा र सोहरबाट  उडान भर्दै आएको छ भने, अन्तर्राष्ट्रिय लर्फ युएइको दुबाइ, साउदी अरेबीयाको जेद्दा, पाकिस्तानको शैलकोट, मुल्तान र कराँची, जर्जियाको त्बीलीसी र अजरबैजानको बाकुम, बंगलादेशको ढाका लगायत क्षेत्रमा उडान गर्दै आएको छ।


Back_to_top