‘डबल च्यानल एबीएस’ भएको सस्तो मोटरसाइकल, मासिक किस्ता ११ हजारभन्दा कम

काठमाडौं । मोटरसाइकलको यात्रा सधैं जोखिम पूर्ण मानिन्छ । त्यसैले हाम्रो जस्ता धेरै मोटरसाइकल बिक्री हुने बजारमा सुरक्षाको हिसावले उत्कृष्ट मोटरसाइकल किन्नु र बिक्री गर्नुलाई महत्वपूर्ण मानिन्छ ।

केही वर्ष अघिसम्म मोटरसाइकलमा सुरक्षा फिचर कल्पनाभन्दा बाहिर थियो । आजकल कम्पनीहरुले एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर मोटरसाइकलमा नै दिन थालेका छन् ।

हामीले एबीएस फिचर भएका मोटरसाइकलको बारेमा धेरै कुरा थाहा पाइसकेको छौ । एबीएस भनेको के हो ? एबीएसले कसरी काम गर्छ भनेर हामीले यसअघि नै लेखिसकेको छौ ।

यसको बारेमा जानकारी लिन यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

मूल्यको हिसावले ५ लाखभन्दा कममा किन्न पाइने डबल च्यानल एबीएस भएका धेरै मोटरसाइकल छैनन् । विशेषत सन् २०२० पछि भारतमा नयाँ सुरक्षा मापदण्ड आएपछि एबीएसको प्रयोग ब्यापक भएको हो ।

अहिले नेपालमा उपलब्ध धेरैजसो मोटरसाइकल सिंगल च्यानल एबीएस छन् । तर, बजाजले १६० सीसी क्षमताको मोटरसाइकलमा नै डबल च्यानल एबीएस फिचर दिएको छ ।

बजाज पल्सर एन १६० र एन २५० मा डबल च्यानल एबीएस फिचर भएका सबैभन्दा कम मूल्यमा उपलब्ध मोटरसाइकल हुन् । यी मोटरसाइकल कम्पनीले ५ लाखभन्दा कम मूल्यमा नै नपालमा बिक्री गर्दै आएको छ ।
बजाजले पल्सर एन १६० को मूल्य ३ लाख ८६ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । पल्सर एन २५० को मूल्य भने ४ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ ।

मूल्य र सुरक्षाको मिश्रण एन १६०

चार लाखभन्दा कम मूल्य पल्सर एन १६० को सबैभन्दा बलियो पक्ष हो । त्यसको साथै, नयाँ जेनेरेशन पल्सरलाई प्रतिनिधित्व गर्ने भएको कारण यसको डिजाइन पनि निकै आकर्षक छ । सुरक्षाको लागि डबल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेकको कम्बिनेशन राम्रो छ ।

बजाजले पल्सरको एन सिरिजमा एलइडी हेडल्याम्प, आइब्रो डिजाइनमा एलइडी लाइट, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की दिइएको छ ।

बजाजले पल्सर एन १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ ।

मासिक किस्ता

बजाजले ३ लाख ८६ हजार ९०० रुपैयाँ मूल्य तोकेको मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउने हो भने सून्य प्रतिशत ब्याजमा बाँकी रकम १८ महिनामा तिर्नेगरी कर्जा सुविधा पाउने छन् ।

यसरी मोटरसाइकल किन्दा ग्राहकले १ लाख ९३ हजार ४५० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ भने त्यति नै रकम कर्जा लिनु पर्छ । उक्त रकम १८ किस्तामा तिर्दा मासिक १० हजार ७५० रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्छ ।


Back_to_top