सुजुकी अल्टो अब इलेक्ट्रीक कार, फुलचार्जमा १ सय ५० किमी गुड्ने

अटोमोबाइल्स क्षेत्रमा इलेक्ट्रीक भेइकलले छुट्टै स्थान जमाएको छ । पछिल्लो समय, ग्यासोलिन इन्जिन यूक्त गाडीको विकल्पको रुपमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिँदै संसारका चर्चित अटो निर्माता कम्पनी ईभी उत्पादनमा केन्द्रित भएका छन् ।  

मारुती सुजुकीले इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्न ई–टेरियो प्लान्ट नै स्थापना गरेर काम सुरु गरेको छ । कम्पनीले मारुती अल्टो र वागेनआरलाई इलेक्ट्रीक मोडलमा निर्माण गरिरहेको छ ।

त्यसकालागि कम्पनीले अटोमोटीभ्स रिर्सच एसोसिएसन अफ इन्डियाबाट अल्टो र वागेनआरको इलेक्ट्रीक मोडल निर्माणका लागि मञ्जुरी लिइसकेको जनाएको छ । 

ई–टेरियोले प्रतिमहिना एक हजारदेखि ५ हजार यूनिटसम्म ईभी उत्पादन गर्ने छ । उत्पादीत दुबै कार रेट्रोफिट इलेक्ट्रीक किटमा उपलब्ध हुने छ । उक्त किट दक्षिण कोरिया र चीनबाट आयात गरिएको कम्पनीले जनाएको छ । 

यस परियोजनाका प्रमुख सत्य यालामान्ची भन्छन् ‘रेट्रोफिटींग आजको माग र आवश्यकता हो । रेष्ट्रोफिटसहित उत्पादन भएका स्मार्ट कार निक्कै किफायती र आकर्षक हुने कम्पनीको विश्वास छ । हाम्रो उद्देश्य भनेको ईमोभिलिटी मापर्mत भारतलाई प्रदुषण मुक्त बनाउनु हो ।’ 

उनले यस परियोजनाले भारतमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिने विश्वास व्यक्त गरे ।  

कम्पनीले सन फ्रान्सिस्कोमा आधारित कम्पनीसँगको सहकार्यमा काम गरेको भन्दै आफुले उत्पादन गर्ने मोडलमा कुनै खोट नभेटिने दाबी गरेको छ । 

मारुती अल्टो र वागेनआर इलेक्ट्रीक मोडलमा ई–ट्रोपको इलेक्ट्रीक मोटर लगाइएको कम्पनीले जनाएको छ । एआरएआईबाट मञ्जुरीप्राप्त उक्त मोडल, सिंगल चार्जमा १ सय ५० किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ । 

भारतीय बजारलाई केन्द्रमा राख्दै पछिल्लो समय, मारुती सुजुकी, होन्डा, हुन्डाई, टाटा, महिन्द्रालगायतका कम्पनीहरु इलेक्ट्रीक भेहिकलको निर्माणमा लागी परेका छन् । 


Back_to_top