काठमाडौं । थाइल्याण्ड वेस इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी स्मार्ट टेकले जारी ४५ औं बैकक मोटरस शोमा नयाँ इलेक्ट्रीक टूरिङ मोटरसाइकल सार्वजनिक गरेको छ । फेलो टूज नाम दिइएको उक्त ‘विग क्रुजर’ले एक पटकको फुल चार्जमा ७२० किलोमिटर रेन्ज दिने दावी कम्पनीले गरेको हो ।
स्मार्ट टेकको साहयक कम्पनी फेलोे जसले ७२० किलोमिटर रेन्ज दिने क्रुजर मोटरसाइकल सार्वजनिक गरेको हो । धेरै जसो कार निर्माताले ५०० किलोमिटर रेन्ज दिने गाडी ल्याइरहँदा फेलो टूजको ७२० किलोमिटर रेन्जले धेरैको ध्यान खिचेको थियो ।
मोटरसाइकल उत्पादन गर्ने कम्पनी फेलोले यसमा प्रयोग भएको ब्याट्री तथा मोटरको बारेमा कुनै पनि स्पेसिफिकेशन खुलाएको छैन । कम्पनीका अनुसार फेलो टूमा भएको ब्याट्रीबाट अन्य सवारी साधन तथा इलेक्ट्रोनीक्स डिभाइसहरु चार्ज गर्न सकिन्छ ।
यसमा फास्ट चार्ज सर्पोट गर्ने टाइप टू पोर्ट उपलब्ध छ । यसलाई २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
झट्ट हेर्दा होन्डा गोल्ड विङ जस्तो डिजाइनमा देखिने फेलो टूजमा प्यानियर बक्स तथा टपबक्स उपलब्ध छन् । जुन बक्सहरुलाई कुल बक्सका रुपमा समेत प्रयोग गर्न सकिने सुविधा रहेको छ ।
यस क्रुजरमा १२ इन्चको टीएफटी डिस्प्ले, ३६० डिग्री क्यामेरा, एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।
हालसम्म कम्पनीले यो मोटरसाइकल बजारमा ल्याउने मितिका बारेमा खुलाएको छैन । हामी आशा गर्न सक्छौ, अबको केही महिना पश्चात् यो मोटरसाइकल थाइल्याण्डको बजारमा उपलब्ध हुनेछ ।

