सर्भिस विस्तारमा अग्नी इन्-कर्पोरेट, पर्यटकीय क्षेत्र अबको गन्तब्य

काठमाडौं । महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नी इन्–कर्पोरेटले विगत २७ वर्षदेखि महिन्द्राको सेल्स, सर्भिस र स्पेयर पाटर्सको काम गर्दैआएको छ ।

सन् १९९१ मा स्थापना भएको यस ग्रुपको हालसम्म मुलुकभर ४० भन्दा बढी सर्भिस सेन्टरहरू सञ्चालनमा रहेका छन् । महिन्द्राका सर्भिस हेड अमित चौधरीकाअनुसार यीमध्ये उपत्यकाभित्र ८ वटा सर्भिस सेन्टरहरू सञ्चालनमा छन् भने, उपत्यका बाहिर ३२ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् । 

उपत्यकाभित्र बालाजु अटो वर्कशप, एमके अटो मोबाइल, यूआई अटो मोबाइल, एएम अटो मोबाइललगायतका सर्भिस सेन्टरहरू रहेका छन् । यी सर्भिस सेन्टरहरूले महिन्द्राको सबै किसिमका गाडीहरू सर्भिसिङ्ग गर्ने गरेका छन् । 

कम्पनीले आफ्नो सेवालाई चुस्त र सहज बनाउन बेला–बखतमा विभिन्न अफरहरूसमेत ल्याउने गरेका छन् ।

‘हामीले ग्राहकहरूलाई आकर्षण गर्नका निम्ति विशेषगरी बिक्रीपछिको सेवालाई जोड दिएका छौँ’ सर्भिस हेड चौधरीले मेरोअटोसँग भने । 

‘कच्ची बाटोमा चल्ने (अफरोड) गाडीहरूको छिटो मेसेनरी सामानहरू बिग्रन्छ । त्यसकारण पनि ग्राहकहरू अफरोड गाडीको समस्या लिएर बढी आउने गरेका छन्’ चौधरीले भने । 

चौधरीकाअनुसार कुनै पनि गाडीहरूका लागि प्रि-सर्भिसिङ्ग, वारेन्टी, ब्रेक-डन मेन्टिनेन्सजस्ता सेवाहरू सर्भिसहरू आधिकारीक सर्भिस सेन्टरले दिइरहेका छन् । 

अफरोडमा अब्बल

अग्नी इन्–कर्पोरेटले महिन्द्राको अफरोड गाडीहरू नेपालमा सर्वाधिक बिक्री गर्ने गरेको छ । कम्पनीले बिक्री गर्ने बलेरो, स्कर्पियोजस्ता गाडीहरू नेपाली बजारमा निकै मन पराइएको गाडीहरू हुन् । 

एसयूभी सेग्मेन्टका यी गाडीका अलावा प्रिमियम एसयूभी ‘एक्सयूभी ५००’, केयूभी १००, महिन्द्रा थार, टीयूभी ३०० जस्ता प्रडक्टहरू बिक्री गर्दैआएको छ । 

बजारको मागलाई ध्यानमा राखी कम्पनीले उपत्यका र उपत्यका बाहिर मोवाइल सर्भिस सेवासमेत दिँदैआएको छ । 

सर्भिस सेन्टरमा ग्राहकहरूले सबैभन्दा बढी अफरोडमा गुड्ने गाडीहरूको समस्या लिएर आउने गरेको चौधरी बताउँछन् । 

‘कच्ची बाटोमा चल्ने (अफरोड) गाडीहरूको छिटो मेसेनरी सामानहरू बिग्रन्छ । त्यसकारण पनि ग्राहकहरू अफरोड गाडीको समस्या लिएर बढी आउने गरेका छन्’ चौधरीले भने । 

अफरोडमा धेरै कुद्दा गाडीहरूमा प्रायः २/३ महिनामा नै समस्या आउने हुन्छ भने राम्रो सडकमा चल्ने गाडीहरू लामो समयसम्मको प्रयोगपछिमात्रै समस्या निस्कने गरेका छन् । 

कस्ता समस्या धेरै

मासिक औसत ५ हजार गाडी सर्भिसका लागि सर्भिस सेन्टर आउने गरेका छन् । अफरोड गाडीहरूमा प्रायः ब्रेक-प्याड, क्लच–प्लेट छिटो बिग्रने र अन्य पार्टपूर्जाहरू्समेत चाँडै बिग्रने समस्या आउँछ । विशेष गरेर कच्ची बाटोमा यात्रा गर्नेहरूले महिन्द्राका गाडीहरू प्रयोग हुने भएकाले हाम्रो सर्भिस सेन्टरहरू चुस्त राख्नुपर्ने हुन्छ । 

चौधरी भन्छन्, ‘नेपालमा सबै ठाउँमा पक्की सडक बनेका छैनन्, कच्ची सडकमा पनि सधैँजसो अनेक समस्याहरू छन्, खाल्डाखुल्डी, पहिरो आदि अवरोधकाबीच पनि गाडी गुडाउनुपर्ने बाध्यता छ, जसका कारण मेसिनरी पार्टपूर्जाहरू छिट्टै नै बिग्रन्छ ।’

सामान्य समस्या लिएर आएका गाडीलाई अहिले १ वा २ घन्टाभित्र सर्भिसिङ्ग गरी पठाउने गरिएको चौधरीले बताए । 

ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले २ वर्ष वारेन्टीको सुविधा दिएको छ । गाडी खरिद गरेको मितिबाट २ वर्षभित्रको अवधीमा आउने कुनै पनि मेसिनरी समस्या कम्पनीले निःशुल्क मेन्टिनेन्स गरिदिनेछ भने फ्रि–सर्भिस सेवा १ वर्षलाई दिइएको छ । 

मूल्यसूची

सर्भिस सेन्टरमा गाडीहरूको सर्भिसिङ्गको मूल्यको जानकारीका लागि मूल्यसूची नै राखिएको छ । ग्राहकहरूले आफ्नो गाडीमा आएको समस्या बमोजिमको सर्भिस र पाट्र्सको मूल्य मूल्यसूचीमा हेरेर थाहा पाउन सक्छन् । 

सेवा विस्तार

कम्पनीले अफरोड एरिया जहाँ धेरै महिन्द्राका गाडी सञ्चालन हुनेछन्, ती एरियामा आफ्नो नयाँ सर्भिस सेन्टर स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ । हरेक पर्यटकीय क्षेत्रमा जाने बाटोमा कम्पनीले सेवा विस्तार गर्ने तयारी गरिरहेको चौधरीले जानकारी दिए ।


Back_to_top