नेपाल नआउँदै बढ्यो एथर एपेक्सको मूल्य

काठमाडौं । भारतीय इलेक्ट्रीक दुईपाँग्रे सवारी निर्माता एथरले ४५० एपेक्सको मूल्य ६ हजार रुपैयाँले बढेकाे छ ।

सुरुवातमा १ लाख ८९ हजारमा लन्च गरेको एथरको मूल्य अहिलो ६ हजारले बढेर १ लाख ९५ हजार पुगेको हो ।

यो एथरले बेच्ने सबै भन्दा प्रिमियम स्कुटर हो ।

एथर ४५० एपेक्सको टप स्पीड १०० किलोमिटर प्रति घन्टा छ भने सून्यदेखि ४० को स्पीड केबल २.९ सेकेन्डमा पुरा गर्छ ।

यससमा ३.७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई एक पटकको फुल चार्जमा १५७ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

नेपाली बजारमा एथरको स्कुटर बैद्यज् इनर्जिले बिक्री गर्दै आएको छ । कम्पनीले एथर ४५० एस भेरियन्टको बुकिङ खुला गरेको छ भने केही दिन भित्रमा डेलिरभी सुरू गर्ने तयारी थालेको छ । एथर ४५० एपेक्स नेपाल आउँन अझै केही समय लाग्नेछ ।


Back_to_top