फक्सवागेनको घोषणाः सन् २०२६ बाट इलेक्ट्रीक कारमात्रै बनाउने

जर्मनीमा आयोजित अटोमोटिभ कन्फ्रेशमा फक्सवागेनले सन् २०२६ पछि विद्युतीय सवारीसाधनको मात्रै उत्पादन गर्ने घोषणा गरेको छ । फक्सवागेन समूहका चीफ माइकल जोस्टले करिब आठ वर्षपछिबाट ग्यासोलिन सवारीसाधनको उत्पादन पूर्णरुपमा बन्द गरी इलेक्ट्रीक कारमात्रै उत्पादनमा कम्पनी केन्द्रित हुने घोषणा गरेका हुन् । 

उनले, कम्पनीद्वारा उत्पादित अडी, बेन्टले, बुगाटी, फक्सवागेन, पोर्श, सिट र ल्याम्र्बाेगिनी सबै ब्रान्डमा उक्त नीति लागू हुने बताएका छन् ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रीक सवारीसाधानप्रति बढ्दै गएको आकर्षण र भविष्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । जोस्टले कम्पनीद्वारा उत्पादित पेट्रोल, डिजेल र ग्यासोलिन कारलाई कम प्रदूषण उत्सर्जन गर्ने गरी निर्माण गर्ने बताए । बढ्दो प्रदूषण तथा तापक्रम वृद्धिलाई न्यूनीकरण गर्नुपर्ने बताउँदै उनले दीर्घकालिनरुपमा स्वच्छ वातावरण निर्माण लागि कारमा कम्बस्चन इन्जिनको प्रयोग नगर्न सुझाव दिएका छन् । 

कम्पनीले आगामी वर्ष इलेक्ट्रीक कार पोर्श टिक्यान बजारमा उतार्ने तयारी गरेको छ । त्यसपछिको पाँच वर्षको अवधिमा सेल्फ डाइभिङ्ग कारको उत्पादनका लागि लगानी बढाउने तयारी गरेको छ । पछिल्लो समय फक्सवागेन कम्पनीमात्रै नभई संसारका चर्चित कम्पनी इलेक्ट्रीक भेइकलको उत्पादनमा लागि परेका छन् । 


Back_to_top