काठमाडौं । नाडा अटो शो २०२४ मा पेट्रोल कारमा पनि राम्रो संख्यामा अवलोकनकर्ता भेटिएका छन् । अघिल्ला वर्षको तुलनामा पेट्रोल कारको स्टलमा अवलोकनकर्ताको बाक्लै उपस्थिति देखिन्छ । त्यसमाथि हुन्डाईले गरेको मेड इन नेपाल ब्राण्डिङ निकै आकर्षक छ ।
अटो शोमा कम्पनीले रङ्गीचङ्गी बनाएर मेड इन नेपाल भेन्यू राखेको छ । साथै, कम्पनीले स्टलमा फेसलिफ्ट क्रेटादेखि इलेक्ट्रीक आयोनिक-५ सम्म प्रदर्शनी गरेको छ ।
यसका अलावा कोना ईभी र ग्राण्ड आई १० नियोस पनि तपाईंले अटो शोमा अवलोकन गर्न सक्नुहुनेछ । यदि तपाईं अटो शो घुम्न जान भ्याउनु हुन्न भने तलको भिडियोमा हेर्नुहोस् हुन्डाईको स्टल ।

