काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा ब्याट्री स्वापिङ टेक्नोलोजी हेर्नेको भीड लागेको छ । नेबुला इनर्जीले प्रदर्शनीमा राखेको गोगोरोको ब्याट्री स्वाप टेक्नोलोजी हेर्नेको घुइँचो लागेको हो ।
दुईपाँग्रे तथा चारपाँग्रे सवारीले झकिझकाउ अटोमा ब्याट्री स्वापिङ टेक्नोलोजीले अवलोकनकर्ताको केन्द्रमा परेको छ । प्रदर्शनीमा राखिएका आकर्षक कार, मोटरसाइकल तथा स्कुटरमाभन्दा फरक किसिमको यो टेक्नोलोजीमा दर्शकको चासो देखिएको छ । बिजुलीको लाइन जोडेर ब्याट्री चार्ज गरिरहेका ईभी प्रयोगकर्ता समेत गोगोरको स्वाप स्टेशनप्रति आकर्षित देखिएका छन् । स्वाप स्टेशनमा ६ सेकेण्डै ब्याट्री स्वाप गर्न सकिन्छ ।
साथै, नेबुलाले अटो शोमा गोगोरोको तीन मोडलका इलेक्ट्रीक स्कुटर पनि प्रदर्शनीमा राखेको छ । कम्पनीले प्रिमियम स्कुटर पल्स, मास स्कुटर जेगो र २५० क्रसओभर स्कुटर प्रदर्शन गरेको हो ।
कम्पनीले यी स्कुटरहरूको मूल्य तोकेको छैन । कम्पनी फेस्टिभ सिजन ९दशैं,तिहारको बेला० स्कुटरको बिक्री सुरू गर्ने योजना बनाएको छ ।
अहिले कम्पनीले काठमाडौंका विभिन्न ४५ स्थानमा ब्याट्री स्वाप स्टेशन निर्माणको काम गरिरहेको छ ।
नेपालमै पहिलो पटक भित्रिएको यो टेक्नोलोजीले इलेक्ट्रीक स्कुटरमा रहेको समस्या समाधन हुने अपेक्षा लिइएको छ ।

