बीएमडब्ल्यू र टोयोटाले नयाँ जेनेरेशन हाइड्रोजन फ्यूलसेल टेक्नोलोजी बनाउँदै

काठमाडौं । जर्मन लग्जरी ब्राण्ड बीएमडब्ल्यूले हाइड्रोजन पावर भेहिकल उत्पादनमा आफूलाई केन्द्रित गर्ने भएको छ । अर्को जापानी अटोमोबाइल जाइन्ट टोयोटाले विगतदेखि नै फ्यूलसेल टेक्नोलोजी विकासमा ठूलो लगानी गर्दै आएको कम्पनी हो ।

यी दुवै कम्पनी मिलेर संयुक्त रुपमा ‘नेक्स्ट जेनेरेशन फ्यूलसेल’ टेक्नोलोजी विकासमा काम गरिरहेका छन् ।

सन् २०२८ बाट बिक्री सुरू हुने अनुमान गरिएको बीएमडब्ल्यू आईएक्स–५ मोडललाई हाइड्रोजन पावरमा अहिले परीक्षण गरिरहेको छ । बीएमडब्ल्यूको फ्यूलसेल ईभीमा ६ किलोग्रामसम्म कम्प्रेस्ड हाइड्रोजन भर्न सकिने दुईवटा फ्यूल ट्याङ्क रहेका छन् ।

यसरी भरिएको ६ किलो फ्यूलले ४८५ किलोमिटरसम्म रेन्ज पाउन सकिन्छ । अब बन्ने नयाँ जेनरेशन फ्युलसेल टेक्नोलोजी अझै राम्रो रेन्ज दिने कम्पनीको दावी छ । इफिसीयन्ट हुनेछ । बीएमडब्ल्यूले ईभीको लागि आई सिरिज बनाए जस्तै हाइड्रोनको लागि समेत नयाँ सिरिज घोषणा गर्ने जनाएको छ ।

टोयोटा मोटर कर्पका प्रेसिडेन्ट कोजी सातोले टोयोटा र बीएमडब्ल्यूले नयाँ टेक्नोलोजीका विभिन्न प्रविधिहरूमा काम गरी कार्बन न्यूट्रालीटी गराउने योजना बनाएको बताए । दुई कम्पनीको संयुक्त प्रयासबाट नयाँ जेनेरेशन फ्यूलसेल सिस्टम र त्यसको लागि आवश्यक पर्ने पूर्वाधार विकास गर्ने उनको भनाइ थियो ।

तत्काललाई हाइड्रोज सोसाइटी महंगो भएपनि बीएमडब्ल्यूका चियरम्यान ओलिभर जिप्सेका अनुसार चार्जिङ इन्फ्रास्ट्रक्चर नपुगेका ठाँउमा हाइड्रोन एक मात्र कार्बन न्यूट्रल सोलुसन हुने बताए ।

बजारमा कम माग हुनु भनेको मूल्य बढ्नु हो । तर, दुई ठूला कम्पनी मिलेर काम गरिरहेको कारण यसको उत्पादन लागत घटाएर फ्युलसेल टेक्नोलोजीलाई ग्राहकमैत्री बनाउन सकिने ओलिभरले दाबी गरेका छन् ।


Back_to_top