काठमाडौं । चीनमा न्यू इनर्जी भेहिकलको बिक्री ब्यापक भएसँगै गाडीको होलसेल बिक्रीमा ब्यापक वृद्धि भएको छ । न्यू इनर्जी भेहिकलको बिक्री बढ्दा बीवाइडीले एकपछि अर्को रेकर्ड निर्माण गर्दै गएको छ ।
चिनियाँ उत्पादकले अक्टोबर ७ देखि १३ सम्मको एक हप्तामा १ लाख ७ हजार २०० यूनिट बिक्री गर्दै नयाँ रेकर्ड बनाएको हो । यो बीवाइडी स्थापना भएपछि एकै सातामा बिक्री गरेको सबैभन्दा धेरै यूनिट हो ।
बीवाइडी बाहेक अन्य कम्पनीको बिक्री पनि निकै आकर्षक देखिएको छ । यही एक सातामा एलआई अटोले १३ हजार ४०० यूनिट कार होलसेल बिक्री गर्दा लीप मोटर्सले ८ हजार ७०० र टेस्लाले ८ हजार ५०० यूनिट कार बिक्री गरेको हो ।
आइटनेले ७ हजार १०० यूनिट कार बिक्री गर्दा जीएसी एवोन ६ हजार ९००, जिकर ५ हजार ५००, एनआईओ ४ हजार ७००, साओमी ४ हजार ६००, दीपल ४ हजार ६००, एक्सपेङ ३ हजार ९०० र डेन्जा २ हजार ५०० यूनिट बिक्री भएको रिपोर्ट सार्वजनिक भएको छ ।


